तालिवानसँगको वार्ताको तयारी अफगानिस्तानमा, रक्तपातको अन्त्य हुने


afghanअफगानिस्तान सरकारले तालिवानसँगको शान्तिवार्ताका लागि तयारी जारी राखेको जनाएको छ । वार्ता टोलीका सरकारतर्फका एकजना सदस्यले सरकारले वार्ताका लागि आन्तरिक तयारी जारी नै राखेको बताएको हुन् । हालैमात्र अफगान राष्ट्रपति असरफ घानीले पनि अफगानिस्तानमा रक्तपातको अन्त्यको पहल सुरु भइसकेको बताउनुभएको थियो । शान्ति वार्ताका लागि सशस्त्र तालिवान विद्रोही पनि तयार भएको जनाएका छन् । विश्लेषकहरुले त्यहाँ शान्ति स्थापनाको एक झिनो आशा पलाएको जनाएका छन् । अफगानिस्तानका तालिवान र सरकारबीचको वार्ताको संयोजन पाकिस्तान सरकारले हप्तादिन अघिमात्र गरेको हो । अफगानिस्तानका तालिवान र अफगान सरकारबीच शान्तिवार्ताको आयोजना गरेको पाकिस्तानले दुई पटकसम्म दुवै पक्षको बैठकको आयोजना गराइसकेको छ । सो वार्तापछि ती दुवै पक्ष शान्तिवार्ता गर्ने विषयमा सहमत भएका र त्यसको वातावरण सिर्जना गर्ने पक्षमा दवै पक्ष लागेको बताएको छ । पाकिस्तानको राजधानी इस्लामावादबाट नजिक रहेको एक पर्यटकीय नगर मुरीमा सो वार्ताको आयोजना गरिएको थियो । गतवर्षको सेप्टेम्बर महिनामा सत्तामा आएपछि अफगान राष्ट्रपति असरफ घानीले यो पहिलो पटक यी दुई पक्षबीच प्रत्यक्ष रूपमा वार्ताको आयोजना गर्नुभएको हो । तालिावन नेता अब्दुल्लाह मोहम्मद ओमारले पनि गत शुक्रबार एक विज्ञप्तिमार्फत आफ्नो समूहले आँैपचारिक रुपमा वार्ताका लागि सरकारसँग बस्ने घोषणा गरेका थिए । यसरी वार्ताका लागि दुवै पक्ष सहमत भएपछि वार्ताको वातावरण निर्माण भएको बताइएको छ । शुक्रबार इद उद फित्रको अवसरमा मुल्लाहले सो विज्ञप्ति प्रकाशन गर्दै आफ्नो समूह सरकारमा बस्न तयार रहेको बताएका हुन् । अफगानिस्तानका उपविदेशमन्त्री हिक्मद खलिल कारजायीले सरकारको तर्पmबाट चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । सरकारी तहको सो प्रतिनिधिमण्डलमा शान्ति परिषद्का सदस्यको पनि सहभागिता रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?