जनसम्पर्क समिति अष्ट्रेलियाको तेश्रो अधिवेशन सुरु, विवादबीच नयाँ नेतृत्व छान्ने प्रयास


Janasamparkaनेपाली काँग्रेस निकट जनसम्पर्क समिति अष्ट्रेलियाको तेश्रो अधिवशेन सिड्नीमा सुरु भएको छ । अधिवेशनको उद्घाटन काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानको मस्यौदा समितिका सदस्य डा. शेखर कोइरालाले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराई पनि सहभागी हुनुभएको छ । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि कोइरालाले देशमा संविधान निर्माणको महत्वपूर्ण चरणमा देश बाहिर रहेका नेपालीहरुको समेत अभिमत बुझ्न सहयोगी हुनेभन्दै आपूm अष्ट्रेलियाका आएको बताउनुभयो । उहाँले अबको संविधानमा धर्मनिरपेक्षता रहन नसक्ने भन्दै धार्मिक स्वतन्त्रता लेखिने पनि बताउनुभयो । यस्तै बहुलवादविनाको समाजवाद अधिनायकवादी हुने तर्क गर्दै कोइरालाले नेपाली काँग्रेसले संविधानमा बहुलवादलाई समावेश गर्नका लागि पूरै शक्ति लगाउने पनि जानकारी दिनुभयो । उहाँले केही व्यक्तिलाई राष्ट्रपति बन्ने लोभ लाग्दैमा, प्रधानमन्त्री हुने, सभामुख हुने चाहना हुँदैमा जनताको ऐतिहासिक सपना संविधानलाई लंगडो बनाउन नहुने बताउनुभयो । कोइरालाले सिमांकन र नामांकनसहितको संघीयता उल्लेख गरेर संविधान जारी गरिनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । करिब दुई वर्षदेखि विभिन्न विवादका कारण अधिवेशन हुन नसकिरहेको सदर्भमा जनसम्पर्क समितिको यस पटकको अधिवेशनबाट सर्वसम्मति नभए निर्वाचनबाटै भएपनि नयाँ नेतृत्व चयन गर्ने प्रयत्न भइरहेकोमा एक पक्ष उक्त भेलालाई अन्तरक्रिया कार्यक्रम मात्रै भनिरहेको देख्न सकिन्थ्यो । कार्यक्रममै बोल्दै अर्का नेता गोविन्द भट्टराईले विगतमा काँग्रेसको विभिन्न तहमा रहेर काम गरेका साथीहरुलाई सिड्नीमा भेट्न पाउँदा खुशी लागेको बताउँदै एकताबद्ध भएको सन्देश दिन सकिनेमा आशावादी रहेको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष सुरेश गुरुंगले स्वागत गर्नुभएको थियो भने दोश्रो वक्ताको रुपमा धन्यवाद मन्तव्यका लागि बोलाइएका जनसम्पर्क समितिका पब्लिक रिलेशन अफिसर दिनेश जोशीले व्यंग्यात्मक रुपमा आपूmलाई स्वागत गर्न बोलाइएको हो वा धन्यवाद दिन थाहा नभएको बताएका थिए । कार्यक्रम सकिएपछि अन्त्यमा धन्यवाद ज्ञापन गर्नुपर्नेमा अहिले नै धन्यवादका लागि किन बोलाइएको हो ? मैले बुझ्न सकिन, उनको प्रतिक्रिया थियो । जनसम्पर्क समिति अष्ट्रेलियाले कार्यक्रममा एनआरएन प्रवक्ता मन केसी, संघीय समाजवादी पार्टी अष्ट्रेलियाका अध्यक्ष गणेश तामांग, नेशनल डेमोक्रेटिक फोरमका अध्यक्ष बालचन्द्र भट्टराई, जनसम्पर्क समिति निर्वाचन कमिटीका संयोजक प्रेम सापकोटा, ओभरसिज नेप्लीज फोरमका प्रतिनिधि सन्तोष दाहाल, एनआरएनका पूर्वअध्यक्ष गणेश केसी, एनआरएन अष्ट्रेलियाका निर्वाचित अध्यक्ष सुरेन्द्र सिग्देल, सिड्नीका अवैतनिक महावाणिज्यदूत दिपक खड्का लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रमको सभापतित्व गरिरहेका जनसम्पर्क समितिका अध्यक्ष सन्तोष सिटौलाले आफ्ना विरुद्ध विभिन्न खाले दुस्प्रचार गरेर मानमर्दन गर्ने प्रयास भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । अनियमितता गरेको आरोप लगाउनेहरुलाई पुष्टि गर्न चुनौती दिँदै सिटौलाले आरोप सही सावित भए राजनीति नै त्याग्ने पनि जानकारी गराएका थिए । कार्यक्रम लगत्तै सुरु भएको बन्द सत्रले नयाँ नेतृत्व चुन्ने हो या फेरि पनि विवाद कायमै रहने हो यो भने हेर्न बाँकी नै छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?