नयाँ तालिवानी नेताको भिडियो सन्देश, झगडा नगर्न सुझाव


mullaनयाँ तालिवानी नेता मुल्लाह अख्तर मन्सुरले शनिबार आफ्नो पहिलो श्रव्य सन्देश सार्वजनिक गर्दै पदीय एकताका कायम राख्दै आफ्नो आन्दोलन शसक्त पार्न आग्रह गरेका छन् । मुन्सुरले उक्त सन्देश पदीय बाडफाँडलाई लिएर सार्वजनिक रुपमा आएका समाचारपछि श्रव्य सन्देश सार्वजनिक गरेका हुन् । तालिवानी पूर्वप्रमुख मुल्लाह ओमारको मृत्युको खवरपछि तालिवान समुहमा तेतृत्वको विषयमा खटपट भइरहेको समाचार विभिन्न सञ्चार माध्यममा आएको थियो । एकताको सन्देश सार्वजनिक गदै मन्सुरले भनेका छन्, ‘हामी तालिवानी आन्दोलनको एकताकालागि काम गर्नुपर्छ । हामीबीचको झगडाले हाम्रो शत्रुलाई खुसी पार्छ भने आन्दोलनलाई कमजोर बनाउँछ । यसबाट हामीमाथि थप समस्या ल्याउन सक्छ ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?