एनआरएन अफ द ईयरको एवार्ड शेष घलेलाई, नेपाली समूदायका उत्कृष्टलाई एक्सीलेक्स एवार्ड (नामावलीसहित)
एनआरएन आईसीसीका अध्यक्ष शेष घलेलाई यस वर्षको एनआरएनए अफ द ईयरको उपाधि दिइएको छ । विभिन्न विधामा वितरण गरिएको एवार्ड अष्ट्रेलियामा रही नेपाली समूदाय र समाजका लागि योगदान दिने व्यक्तित्वहरुलाई हरेक २ वर्षमा प्रदान गरिन्छ । एनआरएन अष्ट्रेलियाको छैठौं राष्ट्रिय अधिवेशनमा एक्सीलैक्स एवार्ड २०१५ प्राप्त गरेपछि बोल्दै अध्यक्ष घलेले यो एवार्ड म भूकम्पको बेला नेपालमा खटिएर मसँगै उद्धारको काममा लाग्नुहुने ३ सयभन्दा बढी स्वयंसेवी गैरआवासीय नेपालीहरुमा समर्पण गर्दछु भन्नुभयो । एवार्डबाट अझ बढी काम गर्ने प्रेरणा मिलेको उहाँको भनाई थियो । एनआरएन अष्ट्रेलियाले दिएको एवार्डका अध्य विजेताहरुमा फ्रेण्ड अफ नेपाल क्वीन्सल्याण्डका स्टेवार्ट जोन्सलाई प्रदान गरियो । यसैगरी विजनेस ईन्टरप्रेनर्स अफ ईयर व्यवसायी धर्मराज अधिकारीलाई, मिडिया पर्सनालिटी अफ द ईयर नेपाली टाईम्स मेलबर्नकी सम्पादक निरु त्रिपाठी (भिक्टोरिया) लाई, स्टुडेन्ट अफ द ईयर युमी भट्टराई (न्यू साउथवेल्स), स्टुडेन्ट अफ द ईयर युनिभर्सिटी अभिशेक डंगोल (भिक्टोरिया), स्पोर्टस पर्सनालिटी अफ द ईयर नन्द गुरुंग (न्यू साउथवेल्स), स्पोर्टस पर्सनालिटी अफ द ईयर अन्डर १८ नोदन थापा (क्वीन्सल्याण्ड), कल्चरल एम्बासडर अफ द ईयर भीमसेन गुरुंग (न्यू साउथवेल्स) स्टेट पर्सनालिटीअफ द ईयर नितेशराज पन्त (नर्दन टेरोटरी), कम्युनिटी सर्भिस पर्सनालिटी अफ द ईयर देबबहादुर गुरुंग (न्यू साउथवेल्स), यसैगरी नै कम्युनिटी सर्भिस पर्सनालिटी अफ द ईयर राज्यतर्फ, जोग लिम्बु (भिक्टोरिया), विपिन कार्की (क्वीन्सल्याण्ड), समिम अनवर (न्यू साउथवेल्स) राजुप्रसाद उपाध्याय (साउथ अष्ट्रलिया), विष्णु देवकोटा (वेष्ट अष्ट्रेलिया), नेश अधिकारी (नर्दन टेरोटरी), सुदिपकुमार क्षेत्री (अष्ट्रेलियन क्यापिटल टेरोटरी), प्रदिप ढुंगाना (तास्मानिया) रहेका छन् । यसैगरी एनआरएन प्रिमियर एवार्ड महेन्द्र ओलीलाई र एक्सीलेन्स कन्ट्रीव्यूसन टु एनआरएनए समिर प्रधानलाई प्रदान गरियो । विभिन्न विधामा पिएचडी गर्नेहरुलाई पनि यस वर्ष सम्मान गरिएको छ जसमा डा. अरुण ढकाल, डा. रुद्र पुन, डा. बन्दिना मैनाली, डा. रोहिणीप्रसाद देवकोटा, डा. रमेश खनाल हुनुहुन्छ ।