जोन केरीले भने इरान आणविक सम्झौताले इजिप्ट क्षेत्र सुरक्षित


U.S. Secretary of State Kerry speaks about the Ukraine crisis after his meetings with other foreign ministers in Parisअमेरिकी विदेशमन्त्री जोन केरीले इरानसँग केही दिनअघि भएको आणविक सम्झौताले इजिप्ट र सो क्षेत्रमा सुरक्षाको अनुभूति हुने जनाएको छ । कायरोमा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, “हामी आणविक सम्झौताका क्रममा इजिप्टबाट पाएको सहयोगप्रति पूर्ण आभारी छौँ । इजिप्ट र सो क्षेत्रका जनताहरू हालै भएको आणविक सम्झौताबाट भन्दा फरक किसिमले अगाडि बढेको भए सुरक्षाको अनुभूति गर्न पाउने थिएनन् ।” उक्त क्षेत्रमा इरानका कारण राजनीतिक अस्थिरता भोग्नु परेको जनाउँदै आणविक सहमतिको कार्यान्वयन शान्ति र सुरक्षाका लागि हुनु पर्नेछ । सहमतिका लागि पहल गर्ने शक्ति राष्ट्र तथा इरानबीच भविष्यमा सो क्षेत्रलाई सुरक्षित पार्न छलफलका साथ अघि बढ्ने पनि उक्त अवसरमा अमेरिकी विदेशमन्त्रीले जनाउनुभयो । सुरक्षा विज्ञका अनुसार अमेरिकी विदेशमन्त्रीको अगस्ट ८ तारिखमा सकिने भ्रमण खासगरी आणविक सम्झौतापछि इरानी प्रभाव खाडी मुलुकमाथि पर्ने छैन भन्ने विश्वास दिलाउनका लागि भएको हो । विश्व शक्तिराष्ट्रको पहलमा इरानसँग भएको जुलाई १४ तारिखमा आणविक सम्झौता भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?