क्यानाडाली प्रधानमन्त्रीद्वारा संसद भङ्गको आदेश, निर्वाचन अभियान सुरु


canadaक्यानाडाली प्रधानमन्त्री स्टेफन हार्परले यहाँको संसद विघटनाको आदेश दिनुभएको समाचारमा जनाइएको छ । यसका साथै उहाँले आगमी निर्वाचनको अभियान पनि सुरु गर्नुभएको घोष्णा गर्नुभएको ओटवाबाट प्राप्त समाचारमा जनाइएको छ । क्यानाडामा आगामी अक्टोर १९ मा निर्वाचन हुदैछ । यो आम निर्वाचन क्यानाडाको इतिहासमा ४२ औँ आम निर्वाचन हो । प्रधानमन्त्री हार्परले यहाँका गभर्नर जनरल डेभिड जोन्सटोनलाई संसद भङ्ग गर्ने आदेश दिनुभएको हो । उहाँले आइतबार गभर्नरलाई भेटी सो आदेश दिनुभएको बताइएको छ । क्यानाडमा पछिल्ला केही दिनहरुमा निर्वाचन अभियान कहिलेबाट सुरु होला भन्ने व्यापक अनुमानहरुलाई चिर्दै उहाँले सोमबारबाटै सो अभियान सुरु गर्नेगरी सो आदेश दिनुभएको समाचारमा जनाइएको छ । हाँले यसअघि देखि नै सुरक्षा र आर्थिक विकासलाई आफ्नो प्रमुख एजेण्डका रुपमा अघिसार्दै आउनुभएको थियो । यसै एजेण्डाबाटै उहाँ अघि बढ्ने अनुमान गरिएको छ । उहाँले निर्वाचन अभियान कानुन बमोजिम नै सञ्चालन हुनुपर्ने जनाउनुभएको छ । साथै उहाँले यस्तो निर्वाचन अभियानमा अभियानको खर्च दलहरुले आफ्नै व्यवस्थापनमा गर्ने पनि जनाउनुभयो । यसका साथै विपक्षी नेताहरुले पनि अभियान थालेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई भने कमजोर आर्थिक व्यवस्थापन भन्दै आलोचना गरेका छन् । निर्वाचन अभियानहरुलाई मितव्ययी, अनुशासित र नियम कानुनबमोजिम सञ्चालन गर्न पनि उहाँले सबैसँग आग्रह गर्नुभएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?