युरोप प्रवेश गर्न चाहने २ हजार शरणार्थी बाटैमा मरे


iomसन् २०१५ मा भूमध्यसागरको बाटो हुँदै युरोप जाने क्रममा करिब दुई हजार प्रवासी यात्रीको मृत्यु भएको अन्तर्राष्ट्रिय प्रवारी सङ्गठन (आईओएम) ले मङ्गलबार जनाएको छ । दुर्भाग्यबस, हामीले सन् २०१५ मा मात्रै दुई हजार जनाभन्दा बढी प्रवासी तथा शरणार्थी आफ्नो युरोप यात्राका क्रममा अहिलेसम्म मृत्यु भएको आँकडा पाएका छौँ, आईओएमका प्रवक्ता इटायी भिरीले पत्रकारसँगको भेटमा बताउनुभयो । आईओएमले जनाएअनुसार, यस अवधिमा करिब एक लाख ८८ हजार मानिस भूमध्यसागर पार गरी युरोप जाने क्रममा उद्धार गरिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?