म्यानमारमा बाढीबाट ६९ जनाको मृत्य, लाखौं नागरिक विस्थापित
म्यानमारमा केही दिनदेखि भएको भीषण वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या बुधबारसम्म ६९ पुगेको यहाँको समाज कल्याण राहत तथा पुनःस्थापना मन्त्रालयले जनाएको छ । बाढीबाट अहिलेसम्म करिब २ लाख ६० हजार नागरिक विस्थापित भएका पनि सरकारले जनाएको छ । बाढीले म्यानमारको ठूलो भूभाग जलमग्न भएकोे छ । म्यानमारका चार प्रदेश राज्य राखिने, चीन, सागाइङ्ग र मागलेलाई प्राकृतिक प्रकोपबाट सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । बाढीको प्रभाव देशको दक्षिणी भूभाग तिर क्रमशः बढ्दै गएकोे यहाँको मौसम तथा जलविज्ञान विभागले जनाएको छ । यसैबीच, म्यानमारका लागि चीनका राजदूत हङ लियाङले चीनद्वारा प्रदान गरिएको राहत सहयोग बाढी प्रभावित क्षेत्रमा बाँड्न सुरु गरिसकेको बताउनु भयो । चीनले म्यानमारका बाढी पीडितको सहयोगार्थ तीन लाख अमेरिकी डलर पठाइसकेको छ । राहत प्रभावित क्षेत्रमा उद्धार, खाद्यान्न तथा अस्थायी बसोबासको व्यवस्थामा प्रयोग गरिने चिनियाँ राजदूत लियाङले बताउनुभयो ।