केन्द्रको निर्णय मान्ने सहमतिपछि जनसम्पर्क समिति अष्ट्रेलियाको विवाद मिल्दै


Janasamparkaसंविधानको चटारो रहेका बेला संविधान मस्यौदा समितिका सदस्य एवं काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाको अगुवाईमा जनसम्पर्क समिति अष्ट्रेलियाको अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । यद्यपि, केन्द्रीय प्रतिनिधिको निर्णय सबैले मान्ने भन्दै लेखेरै दिएका छन् । यसले अब विवाद समाधान हुने बाटोमा नरहे पनि नयाँ नेतृत्व भने आउने निश्चित भएको छ । अष्ट्रेलिया काँग्रेसका एक केन्द्रीय नेताले भने, केही दिनभित्रै नयाँ अध्यक्षको नाम केन्द्रबाट आउनेछ । यसपछि अध्यक्षले नै थप समितिको पूर्णताको लागि पहल गर्नेछन् । अर्कोतर्फ, नेपाली काँग्रेस केन्द्रीय कार्यालयले निर्वाचन गर्नका निम्ति भन्दै संयोजक तोकेका प्रेम सापकोटा अधिवेशनको प्रक्रिया सुरु भएपनि अन्त्य नभएको बताउँछन् । उनी भन्छन्, “सबैलाई मिलाउने प्रयासका कारण नै यस्तो भएको हो । अन्यथा अधिवेशन सुरु भइसकेको र बन्दसत्रमा पनि छलफल गरिसकेका अवस्थामा निर्वाचन गर्न निर्वाचन समितिलाई कुनै कठिनाई छैन ।”
यतिबेला नेपाली काँग्रेसको प्रवासी भ्रातृ संगठन जनसम्पर्क समिति अष्ट्रेलियाको नेतृत्वको दाबी ५ जनाले गरिरहेका छन् । यसरी दाबी गर्नेहरुमा सन्तोष सिटौला, सुरेश गुरुंग, दिनेश जोशी, रमेश जोशी र अर्जुन केसी रहेका छन् । केन्द्रीय प्रतिनिधि नेता डा. शेखर कोइरालाले यी पाँचैजनासँग अलग अलग वार्ता गरेका थिए । जसमा सिटौलाले आपूmलाई असहयोग गरिएको र बदनाम गर्ने प्रयास भएका कारण अर्को एक कार्यकाल नेतृत्व गर्न पाउनुपर्ने जिकिर गरेका थिए भने रमेश जोशीले सबैलाई मिलाएर लैजाने र निर्विवाद व्यक्ति भएका कारण आपूmलाई नेतृत्व दिन आग्रह गरेका थिए । सिड्नी बाहिरबाट नेतृत्व आउँदा त्यसले सकारात्मक सन्देश जाने समेत जोशीको तर्क थियो । उनले एमएनटीभीसँग कुरा गर्दै भने, “मैले केन्द्रको कुनैपनि निर्णय स्वीकार्य हुनेछ भनेको छु । तर, कार्यकर्ताको भावनामा कुठाराघात नहोस् भन्ने कुरा पनि राखेको छु ।”
जनसम्पर्क समितिका अध्यक्ष सन्तोष सिटौला केही दिनमै केन्द्रले यो विवादको अन्त्य गर्दै नयाँ कार्यकालको लागि नेतृत्वको टुंगो लगाउने बताउँछन् । उनी भन्छन्, “अथवा, केन्द्रले निर्वाचन गर्नका निम्ति स्वीकृति दिनेछ । जस अनुसार सबै सदस्यहरुको सहभागितामा निर्वाचनको मिति तोकिनेछ ।”
विवाद समाधान भएको देखिए पनि भित्रभित्रै भुसमा आगो रहेझैंको अवस्थामा काँग्रेसको अष्ट्रेलियाका नेताहरु रहेका छन् । एकले अर्कालाई निषेध गर्दा अहिलेको परिस्थिति आएको विश्लेषण गर्न सकिन्छ । केन्द्रले दिएको निर्णयलाई नमान्ने आँट कुनैपनि नेतामा छैन । यद्यपि, आपूmलाई निस्क्रिय तुल्याएर फेरि पनि केन्द्रले दिने नयाँ नेतृत्वलाई असफल पार्ने काम हुने भने पक्का देखिएको समाचारश्रोतले जनाएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा छलफल पश्चात तोकिने नेतृत्व यी पाँचैजना प्रत्यासीभन्दा बाहिर हुनसक्ने पनि अनुमान एकथरीले गरेका छन् । आर्थिक अनियमितताको आरोप एकपक्षले वर्तमान अध्यक्षमाथि लगाइरहेको छ भने अर्कोतर्फ, क्रियाशील सदस्यताको विषयमा पनि विवाद रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?