शक्तिशाली कारबम विस्फोटमा १५ को मृत्यु


kabulअफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको एक भीषण ट्रक बम आक्रमणमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आक्रमणमा परी अन्य २४० घाइते भएका जनाइएको छ । तालिवान नेता मुल्लाह ओमारको मृत्यु घोषणा भएयताको यो पहिलो भीषण आक्रमण भएको बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा भने लिएको छैन । साह साहिदको छिमेकमा पर्ने एक सैनिक शिविरनजिकै मध्य रातमा सो आक्रमण भएको जनाइएको छ । शुक्रबार बिहान सबेरै भएको यस आक्रमणमा परी ज्यान गुमाएका सङ्ख्या बढेर १५ पुगेको राष्ट्रपतिको उप प्रवक्ता सयेद जफार हसिमीले एएफपी समाचार समितिलाई बताउनुभएको छ । सो आक्रमणमा परी २४० भन्दा बढी व्यक्ति घाइते भएको पनि जफारले थप जानकारी दिनु भएको छ । घाइते र मारिएका व्यक्तिहरूमा महिला र बालबालिकासमेत रहेका जनाइएको छ । फगानिस्तानमा सन् २०१५ को पहिलो ६ महिनाभित्रमा भएका सशस्त्र द्वन्द्व र युद्धमा परी एक हजार ५९२ सर्वसाधारणको ज्यान गएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले बुधबार प्रकाशन गरेको प्रतिवेदनमा जनाएको थियो । ‘प्रोटेक्सन अफ सिभिलेन्स इन आर्मड् कन्फ्लिक्ट इन अफगानिस्तान फर २०१५’ नामको सो प्रतिवेदन मानवअधिकारवादी एक समूह युनाइटेड नेसन्स असिस्टेन्स इन अफगानिस्तान (युएनएएमए) ले तयार पारेको जनाइएको छ । सो नागरिक हताहतको प्रमुख कारण तालिवान र अन्य सरकारविरोधी तत्वहरू भएका युएनएएमएले दाबी गरेको छ । सो प्रतिवेदन गत जनवरी १ बाट ३० जुनसम्मको भएको जनाइएको छ । उक्त अवधिभर घाइते र मृतक सर्वसाधारण गरी चार हजार ९२१ रहेको जनाइएको छ । तीमध्ये एक हजार ५९२ जना मारिएका र तीन हजार ३२९ जना घाइते भएका सो प्रतिवेदनमा बताइएको छ । अफगानिस्तानमा सन् २००९ को जनवरी १ बाट सन् २०१५ को जुनसम्म १९ हजार ३६० जनाभन्दा बढी नागरिक हताहत हुनुको साथै अन्य ३३ हजारभन्दा बढी घाइते भएको पनि सो प्रतिवेदनमा जनाइएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?