टर्कीको विषयमा नेटोको बैठक बस्ने
पछिल्लो समयमा टर्कीमा बढ्दो हिंसाको बारेमा छलफल गर्न नेटोको बैठक छिट्टै बस्ने भएको छ । विकसित परिस्थितिका विषयमा छलफल गर्न केही दिनअघि मात्र पनि नेटोको आकस्मिक बसेको थियो । गतहप्ता मात्र ब्रसेल्समा बसेको उक्त बैठकमा भने खासै कुनै निष्कर्ष निकाल्न सकिएको थिएन । तर यस पटक भने टर्कीमा पछिल्लो समयमा भएको आईएसको आक्रमणका बारेमा गम्भीर रूपमा छलफल हुने बताइएको छ । टर्कीमा आईएसले आक्रमण गर्ने गरेको छ । सो आक्रमणमा परी कयौँ नागरिकको ज्यान गइसकेको छ । तर त्यहाँको सैनिकले गरेका प्रयासहरू भने त्यति प्रभावकारी हुन सकिरहेका छ्रैनन् । सो बैठकमा हालैका दिनमा टर्कीमा विकसित असहज परिस्थितिका बारेमा छलफल भएको बताइएको छ । टर्कीमा बढ्दो इस्लामिक स्टेट, आईएसको आतङ्कका विरुद्धमा यहाँको सेनाले सैनिक कारबाही सुरु गरेको छ । सो कारबाहीमा अमेरिकी सेनाले पनि सघाउने गरेको छ । तर पनि नेटो सैनिक नै टर्कीमा प्रवेश गर्ने हो कि भन्ने बारेमा पनि सरोकारवालाहरूबीच छलफल भएको थियो । टर्कीमा गतहप्ता भएको एक भीषण हमलामा परी दर्जनौँ नागरिकको ज्यान गएको थियो । सो आक्रमण टर्कीको सेनाले गरेको प्रमाणित भएपछि सो क्षेत्रमा अमेरिकाको सैनिकले पनि टर्कीको सेनालाई सघाएको छ । सो क्षेत्रमा नेटो सैनिकको कारबाही आवश्यक छ वा छैन भन्ने बारेमा ब्रसेल्समा उक्त बैठक बस्न लागेको हो । यस कारबाहीका विषयमा नेटोले आजै यस बैठकपछि सार्वजनिक गर्ने अनुमान गरिएको छ ।