रसियामा हेलिकप्टर र सामुद्रिक विमान दुर्घटना हुँदा आठ जनाको मत्यु
हेलिकप्टर सामुद्रिक विमान ठक्कर खाई दुर्घटना हुँदा रसियाको राजधानी मस्को नजिकै आठ हवाई यात्रुको मृत्यु भएको छ । दुर्घटनामा एक अर्का यात्रु हराईरहेको र उनको जीवित रहनसक्ने सम्भावना ज्यादै न्यून रहेको बताइएको छ । दुर्घटनापश्चात समुद्रमा छरिएको अवस्थामा रहेको आठ मृतक यात्रुको उद्धार गरिएको तर एक अन्यको अवस्था अज्ञात रहेको, रसियाको सङ्कटकालीन मन्त्रालयद्वारा आइतबार जानकारी गराइएको छ । सेस्ना नामक निजी समुद्री जहाज र एउटा आर ४४ नामक हेलिकप्टर मस्कोबाट करिब ६० किलोमिटर टाढा समुद्रमा दुर्घटना भएको मस्को क्षेत्रका डेपुटी गभर्नरले बताएको यहाँको इन्टरफ्याक्स समाचार समितिले जनाएको छ । घटनाको अनुसन्धानका लागि दुर्घटना छानविन समिति बनाइसकिएको पनि उक्त समाचार समितिले जनाएको छ ।