बन्दका कारण बागलुङको जनजीवन प्रभावित


baglung‘सर्वदलीय सर्वपक्षीय सङ्घर्ष समिति’ले आज आह्वान गरेको बागलुङ बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको छ । नयाँ बन्ने संविधानमा बागलुङलाई टुक्य्राउने गरी राजनीतिक दलबीच शनिबार भएको सहमतिको विरोधमा सङ्घर्ष समितिले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण जनजीवन प्रभावित बनेको हो । बन्दका कारण जिल्ला सदरमुकामबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प रहे भने शिक्षण संस्था, बजार, उद्योग व्यवसाय पनि पूर्णरुपमा प्रभावित भएका थिए । रातारात षड्यन्त्र गरी बागलुङलाई टुक्राएकाले आन्दोलनमा उत्रिन बाध्य भएको नेकपा (एमाले)का जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले बताउनुभयो । स्थानीयको चाहना र भावना विपरीत व्यक्ति विशेष या राजनीतिक स्वार्थपूर्तिका लागि यस्तो निर्णय गरिएकाले जिल्लाबासीलाई मान्य नहुने नेपाली काँग्रेस बागलुङका सभापति जगदीशचन्द्र उपाध्यायले बताउनुभयो । दलहरुबीच भएको सहमतिमा टुक्रिएका बागलुङ जिल्लाको पूर्वी भाग प्रदेश ४ र पश्चिम भाग प्रदेश ५ मा राखिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?