मध्यपश्चिममा जन आक्रोश : गोली चल्दा दुई जनाको ज्यान गयो


;ª3Lo k|b]z ljefhgsf qmddf ?s’d lhNnfsf] cfwf efunfO{ % gDa/af6 6’So|fP/ ^ gDa/sf] ;ª3Lo k|b]zdf /flvPsf] lj?2df ?s’dsf gful/sx? cfGbf]ngdf plqPsf 5g . tl:a/ M gf/fo0fL /hf}/], bfª, /f;;

मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा आक्रोशित सुर्खेतका जनताले नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का र सभासद् हृदयराम थानीको घरमा तोडफोड तथा आगजनी गरेका छन् । अखण्ड मध्यपश्चिम र सङ्घीय राजधानी सुर्खेत हुनुपर्ने माग राखी आइतबारदेखि थालिएको आन्दोलनले उग्र रूप लिँदा तीन प्रमुख दलका पार्टी कार्यालय र जिल्ला प्रशासनलगायत केही सरकारी कार्यालयमा पनि तोडफोड भएका छन् । सभासद्समेत रहेका खड्काको घरमा आगजनी गर्न पुगेका आक्रोशित जनता र प्रहरीबीच झडप हुँदा गोली चलेको छ । गोली लागेर चारजना घाइते भएका थिए । यसमध्ये दुई  जनाको ज्यान गएको छ । प्रहरीले चलाएको गोली लागेर स्थानीयवासी धमलाचोकका यामबहादुर बिसीको निधन भएको प्रहरीले जनाएको छ । यसअघि आज अपराह्न पनि प्रहरीले चलाएको गोली लागेर टीकाराम गौतमको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा सुर्खेतका रामबहादुर श्रेष्ठ, अनिश पन्त, चूडामणि पोखरेल, पत्रकार आइसिंह रोक्का मगर, लालबहादुर सेजुवाल र टोपबहादुर थापा तथा दैलेखका नरबहादुर पुरी घाइते भएका छन् । घटनामा घाइतेहरूको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । यसैगरी, जनआक्रोशलाई साम्य पार्न सुर्खेतमा मध्याह्न १ बजेदेखि राति ९ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, सुर्खेतले जानकारी दिएका छ । सहमहामन्त्री खड्काको घरलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् । आक्रोशित जनताले सुर्खेतस्थित नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादीलगायतका पार्टी कार्यालय तोडफोड गरी पार्टीका कागजपत्रमा आगो लगाइदिएका छन् । सुर्खेतवासीले मध्यपश्चिम विकास क्षेत्रलाई विभाजित गरी सुर्खेत, दैलेख र जाजरकोटलाई छैटाँै प्रदेशमा र बाँके बर्दियासहित राप्ती अञ्चललाई पाँचौँ प्रदेशमा गाभिएको विरोधमा बन्द आह्वान गरेका हुन् । यी निर्णय नसच्याइएसम्म आन्दोलन जारी रहने सुर्खेतका आन्दोलनकारीहरूले बताएका छन् । सुर्खेतवासीले मध्यपश्चिमलाई साताँै प्रदेशसहित प्रान्तीय राज्यको राजधानी सुर्खेतलाई बनाउनुपर्ने मागसमेत गरेका छन् ।
जुम्ला प्रशासनमा तोडफोड
कर्णाली स्वायत्त प्रदेशको माग गरिरहेको संयुक्त सङ्घर्ष समिति जुम्लाले गरेको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड भएको छ । तोडफोडबाट प्रशासन कार्यालयको भवनमा आंशिक क्षति पुगेको छ भने अञ्चल तथा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको गाडीमा तोडफोड गरिएको छ । प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा दुईजना आन्दोलनकारी पनि घाइते भएका छन् । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास र तीन राउन्ड हवाई फायर गरेको थियो । आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, जिल्ला विकास समितिको कार्यालय, जुम्ला बहुमुखी क्याम्पसमा समेत ढुङ्गामुढा गरेका थिए । जुम्ला विमानस्थलमा अवतरण गर्न लागेको हेलिकप्टरमा समेत ढुङ्गामुढा भएपछि हेलिकप्टर अञ्चल प्रहरी कार्यालयमा अवतरण गराइएको थियो । अहिले जिल्लामा सुरक्षा समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले जानकारी दिनुभयो । जुम्ला सदरमुकाम खलङ्गा बजार बन्द रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?