पटक पटक क्षमा माग्न पर्दैन जपानले


japanजापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार जापानमा विश्वयुद्धका कारण भएका नृसंस घटनालाई लिएर आफू र आफ्नो देशले माफी मागिरहनु नपर्ने बताउनुभएको छ । दोस्रो विश्वयुद्ध अन्त्यको ७० औँ वर्ष पुगेको अवसरमा आयोजना गरिएको कार्यक्रमको समापनपछि एक विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, जापान सरकारका तर्फबाट यस पहिले व्यक्त गरिएका पश्चाताप र क्षमायाचना नै विश्वयुद्धले निम्त्याएका घटनाका बारेमा जापानद्वारा आफ्ना जनता र विश्व समुदायप्रति व्यक्त गर्नुपर्ने याचना भएको भन्दै अब नयाँ पिँढीले यसका बारेमा क्षमायाचना गरिरहनु नपर्ने जनाउनुभयो । “जापानले पटक पटक पश्चाताप र क्षमायाचना गरेको भन्दै वर्तमान सरकार विगतका सरकारी नेतृत्वले लिएका अडानमा कायम रहने विश्वास प्रधानमन्त्री आबेले व्यक्त गर्नुभयो ।” जापानी प्रधानमन्त्रीले विश्वयुद्धमा जापानका कारण आफ्ना नागरिक तथा विश्व समुदायमा परेको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्र्दै भन्नुभयो यो जापानका कारण नभई साम्राज्यवादी शासकका कारण भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?