गुण्डानाईके कुमार घैंटेको प्रहरीको गोली लागि मृत्यु, शव शिक्षण अस्पतालमा


kumarगुण्डानाईके कुमार घैंटेको उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको छ । लामो समयदेखि विभिन्न आवरणमा गुण्डार्गी गर्दै गरेका कुमार घैंटे लामो समयसम्म मलेसियामा लुकेका थिए । चरीको प्रहरी कारवाहीमा मृत्यु भएपछि फरार रहेका घैंटे केही समय अघि फेरि काठमाडौं आइ भूकम्प पीडितको निम्ति चन्दा उठाउने भन्दै पैसा संकलनमा लागेका थिए । आज मध्यान्ह चन्दा उठाउन दलबलसहित हतियार लिएर हिँडेका कुमार घैंटे कपुरधारामा प्रहरीको जम्काभेटमा परे उनको साथमा टोली नै थियो । जब प्रहरीलाई देख्यो कुमार घैंटेले अनि उसले पेस्तोल निकालेर प्रहरीलाई गोली हान्न सुरु गरेको प्रहरीले बताएको छ । यसपछि प्रहरीले पनि जवाफी फायर गर्दै घैंटेसहित तीनजनालाई सडकमा ढाल्न सफल भए । र, उनीहरुलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा लगेर उपचार गर्दागर्दै घैंटेको ज्यान गयो भने अत्य दुईजना अहिले पनि उपचारकै क्रममा रहेका छन् । प्रहरीले यतिबेला शिक्षण अस्पताल क्षेत्रलाई कडा सुरक्षामा राखेको छ । यसअघि चरीको मृत्यु भएका बेला पनि शिक्षण अस्पतालमा हुलहुज्जतको प्रयास भएको कारण प्रहरी सतर्क बनेको हो । केही अघि मात्रै सामाखुशी क्लबको नाममा उनले एसएलसी उत्तिर्ण विद्यार्थीको सम्मान कार्यक्रम राखेका थिए । कार्यक्रममा काँग्रेस शिक्षामन्त्री चित्रलेखा यादव प्रमुख अतिथि थिइन् । अर्कोतर्फ काँग्रेस नुवाकोटका नेता जगदिशनरसिंह केसी पनि कार्यक्रममा थिए । यसैगरी काँग्रेसका अन्य नेताहरु पनि सहभागी भएका थिए । नेपाली काँग्रेस निकट र मुख्यतः नुवाकोटका नेताहरुको निकट मानिने डन नाइके घैंटेको शव अहिले पनि अस्पतालमै छ । निकै लामो समयदेखि प्रहरीको खोजी सूचिमा रहेका कुमार घैंटे दिनदहाडै हतियारसहित समूहमा घुमेको अवस्थाबाट काठमाडौंको शान्ति सुरक्षा कस्तो थियो भन्ने प्रष्ट हुन्छ ।Don-Kumar-Ghaite-hatiyar1 यद्यपि, प्रहरीले यतिबेला भने उनलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसपी सर्वैन्द्र खनाल भन्छन् प्रहरी टोलीमाथि गोली चलाउन सुरु गरेपछि हामीले जवाफी फायर गरेका हौं । उनीहरुले चलाएको गोली भुईंमा लागेको थियो । जबर्जस्ती चन्दा असुली, गुण्डागर्दी र ज्यानमार्ने उद्योगअन्तर्गत घैंटेको खोजी भइरहेको थियो । कुमार घैंटे विभिन्न खेलकुदसम्बन्धी संस्थाको आवरणमा आपूmलाई समाजसेवी भनेर चिनाउने गर्दथे । यहाँ राखिएको तस्वीर कुमार घैंटेले केही दिनअघि आफ्नो फेसबुकमा राखेका थिए । उनले आपूmसँग धन रहेको र त्यसलाई डरधम्की र त्रासको माध्यमबाट नै कमाएको खुलासा हुनेगरी र अरुलाई तर्साउनका निम्ति पनि पेस्तोलसहितको फोटो पनि राखेका थिए । हजार हजारका सैयौं गड्डीको अघि पैसा खाँदै गरेको जस्तो देखिने तस्वीर राखेर उनले आफ्नो प्रचार गरेका थिए । (माथिल्लो तस्वीर नागरिक डटकमबाट साभार, तल्लो तस्वीर कुमार घैंटेको फेसबुक पेजबाट)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?