अमरेश सिंहलाई पार्टीको २४ घण्टे स्पष्टीकरण


amreshनेपाली काँग्रेसले सो पार्टीका सभासद् अमरेशकुमार सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार पार्टी अनुशासन समितिले सभासद् सिंहलाई कैलाली जिल्लामा सामाजिक सद्भावमा खलल पु¥याउने गरी अभिव्यक्ति दिएकोले स्पष्टीकरण सोधेको हो । सो अभिव्यक्तिका विषयलाई लिएर स्पष्टीकरण सोधिएको सचिव तिवारीले राससलाई जानकारी दिनुभयो । पार्टीभित्र उहाँले दिएको अभिव्यक्तिका विषयमा आलोचना भएपछि सभासद् सिंहलाई स्पष्टीकरण सोधिएको बुझिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?