पर्यटक बलात्कार गर्ने तीन भारतीयलाई २० वर्ष कैद
जापानी पर्यटकलाई बलात्कार गरेको अभियोगमा तीन भारतीय नागरिकलाई २० वर्षको सजाय तोकिएको छ । उनीहरूले राजस्थानको प्रान्तीय राजधानी जयपुरमा भ्रमणको सिलसिलामा पुगेकी जापानी २०–बर्षीया महिलालाई उनको पथ प्रदर्शक बन्ने बहानामा सहर नजिकैको एक गाउँमा लगी बलात्कार गरेको अदालतको ठहर छ । सजाय पाएका सबै भारतीय २० देखि २४ वर्षका युवक भएको र उनीहरूले एकान्तमा जापानी महिलालाई लगी बलात्कार गरी भागेका थिए । स्थानीयले पीडित पर्यटक कराएको सुनेपछि प्रहरीको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको थियो ।