वार्ताको सट्टा सम्झौता लागू गरियोस् : अध्यक्ष ठाकुर


mahanthaतराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले वार्ताको सट्टा विगतमा गरिएका सम्झौताहरू लागू गराउनतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष ठाकुरले सरकारले वार्ताको सट्टा विगतमा गरिएका आठबुँदे, १६ बुँदै सम्झौता लागू गर्न माग गर्नुभयो । साथै अन्तरिम संविधानमा लेखिएको सहमतिको आधारमा स्वायत्त मधेसलगायतका विभिन्न व्यवस्थाहरू कायम गर्दै संविधान जारी गर्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष ठाकुरले मधेस र मधेसीलाई अधिकारबाट वञ्चित गर्न नसकिने र मधेसलाई बेवास्ता गरी संविधान जारी गरिए मधेसीलाई स्वीकार्य नहुने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?