अष्ट्रेलियामा मनाइयो गौरा पर्व, देउडा नाचेर एकअर्कामा खुशी साटासाट


gauraशनिबार देश सहित प्रवासमा पनि गौरा पर्व मनाइयो । गौरा पर्वको सबैभन्दा ठूलो दिन अर्थात् अष्टमी अठेबालीको अवसरमा विविध कार्यक्रमहरु भए । हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउँ भनी निराहार व्रत बसेको किम्बदन्तीको आधारमा गौरा पर्व मनाउने गरिन्छ । यसैक्रममा अष्ट्रेलियामा पनि गौरा पर्व मनाइएको छ । गौरा पर्वको अवसरमा सिड्नीमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएर सुदूरपश्चिमवासीले गौराको रौनकमा आपूmलाई रंगाए । रेकडेलमा आयोजना गरिएको कार्यक्रममा परम्परागत हुड्केली नाच, देउडा लगायतमा सुदूरपश्चिम घर भई अष्ट्रेलिया आई बसोबास गर्ने नेपालीसहित अन्य सबै रमाएका देखिन्थे । कार्यक्रममा सुदूरपश्चिम सम्बन्धी जानकारीमूलक भिडियो प्रदर्शन गरिएको थियो । जसमा सुदूरपश्चिमका प्रमुख धार्मिक एवं पर्यटकीय स्थानको बारेमा जानकारी समेटिएको थियो । कार्यक्रमको सुरुवातमै गौरा पर्वको चिनारी प्रस्तुत गरी गैरसुदूरपश्चिमेली नेपालीलाई समेत यसका बारेमा अवगत गराइएको थियो । सुदूरपश्चिम समाजका अध्यक्ष केशव जोशीले एमएनटीभीसँग कुरा गर्दै गतवर्षदेखि अष्ट्रेलियामा मनाउन सुरु गरिएको गौरा पर्वमा भएको सहभागिताले आपूm उत्साही बनेको प्रतिक्रिया दिनुभयो । अष्ट्रेलियामा रहेका आफ्ना छोराछोरीलाई संस्कृति, परम्परा र सुदूरपश्चिमको चिनारीबारे अवगत गराउनका लागि यस किसिमको कार्यक्रम गरेको उहाँको प्रतिक्रिया छ । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलसहित अन्य विभिन्न संघसंस्थाका पदाधिकारी र प्रतिनिधिहरु पनि उपस्थित हुनुहुन्थ्यो । सबैजना एकअर्काको हात समाउँदै देउडा नाचमा सहभागी भएको देखिन्थ्यो । ९यो भिडियो हेर्नुहोस्०

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?