नेपालका भूकम्प पीडितको सहयोगका लागि ६ जनाको अष्ट्रेलियन टोली नेपालका भूकम्प पीडितको सहयोगका लागि ६ जनाको अष्ट्रेलियन टोली प्रस्थान


jenis jenisआज रोटरीका ६ सदस्यहरु नेपालमा सहयोगका क्षेत्रहरु पहिल्याउनका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । रोटरी क्लब अफ कोग्राकि जेनिस रीडको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेका स्वयंसेवकहरुले आपूmसँगै बालकालिकाहरुको निम्ति करिब २ सय किलो न्यानो लुगासमेत लगेका छन् । गत ८ वर्षदेखि नेपालका विभिन्न गाउँमा सहयोग लिएर गइरहेकी जेनिसले हेटौंडामा वार्षिक आँखा शिविर सञ्चालन गर्ने कार्यक्रममा संयोजनकारी महत्वपूर्ण योगदान दिँदै आएकी छिन् । उनकै माध्यमबाट रोटरी क्लब अफ तास्मानियाले हरेक वर्ष नेपालका विभिन्न गाउँमा दुईवटा शिविर सञ्चालन गरिरहेको छ । हेटौडामा महिलाहरुको उत्थानका निम्ति लघुवित्तको माध्यमबाट महिलाहरुको घरपालुवा जनावर उपहार कार्यक्रम पनि सञ्चालित छ । जसबाट ३ सय ५० भन्दा बढी महिलाहरु लाभान्वित भएका छन् । स्थानीय रोटरी क्लबको समन्वयमा सञ्चालित यस्ता कार्यक्रम अत्यन्तै सफल भएको र गत ४ वर्षमा एउटा पनि असफल दर नभेटिएकोमा उनी खुशी देखिन्छिन् । यससँगै रोटरी क्लब अफ धुलिखेल, रोट्रयाक्ट क्लब अफ काठमाडौं युनिभिर्सिटी मेडिकल स्कूलसँगको सहकार्यमा पनि पनौतीमा विभिन्न राहतका काम भइरहेका छन् । एमएनटीभीसँग कुरा गर्दै जेनिसले भनिन्, “अहिलेको यो भ्रमण मुख्यतः के कस्तो सहयोग त्यहाँ आवश्यक छ भन्ने कुरामा केन्द्रित हुनेछ । किनकि, भूकम्प लगत्तै त्यहाँबाट सहयोगका लागि साथीहरुले आग्रह गर्नुभयो । हामीले केही रकम पनि पठायौं र केही अस्थायी घरहरु पनि बनेका छन् । अब उनीहरुलाई थप सहयोगका क्षेत्रहरु पहिल्याउने हाम्रो योजना छ ।” आगामी १९ सेप्टेम्बरसम्म नेपालमा रहने जेनिस र उनको टिम आफ्नै निजी खर्चमा त्यसतर्फ लागेको हो । नेपालीपत्रका सम्पादक ऋषि आचार्य भन्छन्, यसरी आफ्नै पहलमा सानो सानो सहयोगको निकै ठूलो महत्व छ । सरकारी तवरबाट पनि र जनस्तरमा पनि भइरहेका यी सहयोगले नेपालीप्रति उनीहरुको माया र सद्भाव देखाउँछ । अष्ट्रेलियामा रहेका नेपालीहरुले गरेको मेहनत देखेपछि अझ बढी उनीहरु सहयोगका निम्ति तत्पर देखिने गरेका छन् ।(जेनिससँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् ।)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?