तलब नदिने होटल मालिकबाट नेपाली युवाले भराए १५ हजार डलर क्षतिपूर्ति


indian masalaएडिलेडमा रहेको ईन्डियन मसाला रेष्टुरेन्टमा काम गर्ने एक नेपाली युवालाई उनको तलब वापतको १६ सय ४० डलर नदिएपछि अदालतमामा मुद्दा दायर भएको थियो । १८ महिनाको बहसपछि अदालतले उनलाई १५ हजार डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको छ । २९ वर्षीय मिलन दाहालले दायर गरेको यस मुद्दाको किनारा लाग्न १८ महिना लागेको थियो । यद्यपि, भारतीय मूलका होटल मालिक निकोलास शर्माले भने मिलनलाई अंग्रेजी राम्रोसँग बोल्न समेत नआएको भन्दै अदालतमा आफ्नो बचाउ गरेका थिए । मिलनले निर्णयपछि भनेका छन्, “यो धेरै कामदारहरुको निम्ति उदाहरण हो जो कम ज्याला वा तलब नपाउने समस्याबाट पीडित छन् । काम गराउने तर तलब दिने बेलामा विभिन्न बहाना गर्नेहरुले सचेत हुन आवश्यक छ ।” मुद्दा नै परिसकेपछि पीडक शर्माले भनेका थिए “म तलब दिन त तयार छु तर क्षतिपूर्ति भने दिन्नँ ।” तर, अदालतले उनले तलबसहित क्षतिपूर्ति पनि उपलब्ध गराउनुपर्ने निर्णय सुनाएको छ । मिलन दाहाल भन्छन्, “धेरै भारतीय मित्रहरु यसैगरी पीडित छन् । यो मेरो लागि मात्र होइन, म चाहन्छु यो एउटा उदाहरणका रुपमा सबैमाझ स्थापित होस् । अन्याय सैह्य हुन सक्दैन ।”
योंग वर्कर्स लिगल सर्भिसकी निक्की क्यान्डीले भनिने, “सुरुमा त होटलवालाले ऊ काम गर्दथ्यो भन्ने कुरा समेत अस्वीकार गरेको थियो । यस्तै हर्कत अरुसँग पनि गरेको हुनसक्छ ।” ८ सेप्टेम्बरमा सुनाइएको फैसलापछि अब २८ दिनमा होटलवालाले मिलनलाई यो क्षतिपूर्ति उपलब्ध गराइसक्नुपर्नेछ । पीटीआई, मेलबर्न 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?