राष्ट्रिय लिग फुटबल भदौ २८ देखि


P547814145.football-ground.162153lलामो समयसम्म स्थगन हुँदैआएको राष्ट्रिय लिग फुटबल प्रतियोगिता यसै सातादेखि राजधानी र बाहिर जिल्लामा सञ्चालन हुने भएको छ । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिता यही भदौ २८ गतेदेखि पुनः सञ्चालन गरिने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । विभिन्न नौ टोलीले भाग लिएको उक्त प्रतियोगितामा मोफसलको टोली झापा फुटबल क्लब १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ भने सशस्त्र प्रहरी बल (एपिएफ) १४ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । त्यसैगरी, नेपाल आर्मी क्लब, थ्रिस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब लिगको क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । तीनै टोलीले समान ११÷११ अङ्क जोड्दै गोलअन्तरका आधारमा ती स्थानमा रहेका हुन् । त्यस्तै, नेपाल प्रहरी क्लब सात अङ्क जोड्दै लिगको छैटौँ स्थानमा छ भने समान ७ अङ्क नै जोडेको सुदूरपश्चिमाञ्चल फुटबल क्लब गोलअन्तरका आधारमा सातौँ स्थानमा छ । मोरङ फुटबल क्लब आठौँ र लुम्बिनी फुटबल क्लब नवौँ स्थानमा छ । दुवै टोलीले समान ४÷४ अङ्क जोडेका छन् । प्रतियोगितामा विजेता टोलीले रु एक करोड हात पार्नेछ । गत माघ ७ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता प्राविधिक समस्याका कारण समयमै सञ्चालन हुन नसकेको एन्फाले जनाएको छ । राउन्ड रोबिन होम एन्ड अवेका आधारमा खेलाइने उक्त प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबले यही भदौ २८ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ः३० बजे नेपाल प्रहरी क्लबको सामना गर्नेछ । त्यस्तै उपत्यका बाहिर भने यही भदौ ३० गते रूपन्देहीमा मोफसलका टोली लुम्बिनी फुटबल क्लब र सुदूपश्चिमाञ्चल फुटबल क्लब आमनेसामने हुनेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?