ग्यास सिलिण्डर पड्किदा भारतमा ६० को मृत्यु, २५ गम्भीर घाइते
भारतको मध्यप्रदेशको एक रेष्टुरेन्टमा शनिबार बिहानै भएको ग्यास सिलिण्डर विस्फोटमा परी कम्तीमा पनि ६० जनाको ज्यान गएको समाचार छ । प्राप्त समाचारअनुसार भारतीय प्रान्त मध्यप्रदेशको झबुवा जिल्लामा रहेको सो रेष्टुरेन्टमा बिहानै ग्यास सिलिन्डर पड्किएको र त्यसमा परी६० जनाको ज्यान गएको छ । त्यसमा परी अरु २५ जना गम्भीर रुपमा घाइते भएका समाचारमा जनाइएको छ । सो रेष्टुरेन्टमा बिहानको खाजा खाइरहेका बेला सो दुर्घटना भएको बताइएको छ । सो रेष्टुरेन्टमा शनिबार बिहान करिब साढे आठ बजेतिर कार्यालय सहयोगीका साथै विद्यालयका छात्रछात्राहरुले खाजा खाइरहेका बेला सो विस्फोट भएको थियो ।रेष्टुरेन्ट स्थानीयहरुबीच निकै लोकप्रिय रहेको र बिहानैदेखि खाजाका लागि ठूलो भीडभाड लागेको थियो । सोही कारण पनि मारिनेको सङ्ख्या धेरै भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– नागरिक धेरै जना र गम्भीर रुपमा घाइते छन् त्यसैले पनि मृत्यु हुनेको सङ्ख्या यतिधेरै पुगेको हो र मृत्यु हुने अरु बढ्न पनि सक्छन् । विस्फोट भएको ग्यासको सिलिन्डरले उक्त रेष्टुरेन्टलाई पूर्ण रुपमा क्षति पु¥याई छिमेकी घरमा समेत पुगेर उक्त घरलाई पनि क्षति पु¥याएको प्रहरीले जनाएको छ । भारतमा यसरी घर घरमा खाना पकाउन प्रयोग हुने ग्यासका सिलिन्डरहरु पड्किने समस्या सामान्यजस्तै भएको छ । तर यस्ता दुर्घटनाहरु बढिरहदा पनि सुरक्षाका मापदण्ड भने सुधार नगरिएको बताइन्छ ।