सामूहिक निर्णय प्रणाली नै मेरो कार्यशैली हुनेछ मालकम ट्रनबुल
अष्ट्रेलियाका २९ औं प्रधानमन्त्री मालकम ट्रनबुलले मन्त्रीमण्डलमा सामूहिक नेतृत्व प्रणालीका आधारमा आपूmले काम गर्ने बताउनुभएको छ । टोनी एबोटलाई संसदीय दलको नेतामा ४४ काविरुद्ध ५४ मतले पराजित गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । साथै, नीति र मन्त्रीहरुको जिम्मेवारी हेरफेरका सम्बन्धमा सोधिएको प्रश्नमा कुटनीतिक पारामा जवाफ दिँदै उहाँले नीति बेला बेलामा परिवर्तन भइरहन्छन् तर, यस्तो परिवर्तन गर्ने बेलामा पर्याप्त छलफलपछि मात्रै निर्णय लिइने बताउनुभयो । सत्तारुढ लिबरल पार्टीको उपनेतामा निर्वाचित विदेशमन्त्री जुलियाविशपसँगै पत्रकारको जवाफ दिनका लागि उपस्थित मालकमले आफ्ना प्रतिस्पर्धी टोनी एबोटको कार्यकालमा भएका राम्रा कामहरुको प्रसंसा गर्दै वेष्ट मिनिष्टर पार्लियामेन्ट सिष्टममा सांसदहरुको साथ रहुन्जेल उनीहरुको नेता हुने र साथ नरहेपछि नेतृत्व पविर्तन हुने उहाँले बताउनुभयो । नयाँ प्रधानमन्त्रीले एक साताभित्रै मन्त्रिमण्डलको कार्यविभाजन गर्ने अनुमान गरिएको छ । केही मन्त्रीलाई निरन्तरता र केहीलाई स्थान परिवर्तन गर्ने सम्भावना छ । यसअघि भएका विभिन्न सर्वेहरुमा पनि ट्रनबुललाई लिबरल पार्टीको नेताको रुपमा कार्यकर्ताहरुले रुचाएको पाइएको थियो । अघिल्लो अघिल्लो फेब्रुअरीमा अविश्वासको प्रस्तावमा बालबाल सफल बनेका टोनी एबोट यस पटक भने आफ्नो भविष्य जोगाउन असफल भए । उनलाई उनकै मन्त्रिमण्डलमा यसअघि सञ्चारमन्त्री रहेका ट्रनबुलले विस्थापित गरेका छन् ।