सैनिक अधिकारीको मृत्युपछि सैन्य कार्बाहीमा कडाई


pakistaniपाकिस्तानी सेनाको युद्धक विमान तथा डोजर लगाई उत्तरपश्चिमी पाकिस्तानको एउटा आदिवासीहरूको बसोबास भएको वाना क्षेत्रमा मङ्गलबार दर्जनौ घर तथा टहरा भत्काएको छ । पाकिस्तानी सेनाले बाजिरिस्तान जिल्लाको आदिवासी इलाकामा गरिएको एक बम आक्रमणपछि सुरक्षा कारबाहीलाई कडा पारेको हो । घटनामा एक वरिष्ठ सैनिक अधिकारी र पाँच जना आतङ्ककारीको मृत्यु भएको स्थानीय टेलिभिजन च्यानलले मङ्गलबार दिउँसो जनाएका छन् । घटनाको मङ्गलबार साँझसम्म कसैले जिम्मा लिएका छैनन् । अज्ञात बन्दुकधारी समूहद्वारा गराइएको विस्फोटमा सैनिक अधिकारीको मृत्यु भएपछि सेनाले गरेको कारबाहीमा उक्त आतङ्ककारी समूहका पाँच जना सदस्यको समेत मृत्यु भएको छ । सेनाले उक्त क्षेत्रमा लुकि बसेका विदेशी तथा स्थानीय तालिवानी आतङ्ककारीलाई समाप्त पार्ने उद्देश्यले सो भीषण आक्रमण शुरु गरेको बताइएको छ । बाजिरिस्तान र वरिपरीको इलाकमा पाकिस्तानले सन् २०१४ को जुन १५ देखि सुरु गरेको कारबाहीका क्रममा तीन हजारभन्दा बढी आतङ्ककारी मारिएको सेनाको दाबी छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?