लोकतान्त्रिक प्रक्रिया र आर्थिक विकासका लागि संविधान महत्वपूर्ण हुने अमेरिकाको विश्वास


White House Fenceनेपालमा लोकतान्त्रिक प्रक्रिया र आर्थिक विकासका लागि जग प्रदान गर्न नयाँ संविधान लेखन प्रक्रिया महत्वपूर्ण हुने संयुक्त राज्य अमेरिकाले जनाएको छ । अमेरिकाका विदेश मन्त्रालयका प्रवक्ता जोन किर्वीले विज्ञप्ति जारी गर्दै नेपालमा जारी संविधान लेखनको अन्तिम प्रक्रियालाई आफ्नो मुलुकले नजिकबाट नियालिरहेको जनाउनुभएको छ । संविधानसभामा मतदान प्रक्रिया जारी रहेको बेला यो दस्तावेजले रचनात्मक, समावेशीता र लचकतालाई बढोत्तरी गर्दै शान्तपूर्ण र समृद्ध नेपाल निर्माण गर्न सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ । नयाँ संविधानले लैङ्गिक समानता र आधारभूत स्वतन्त्रताजस्ता मौलिक हकको सम्मान गर्ने अमेरिकाले विश्वास लिएको विज्ञप्तिमा जनाएको छ । सबैलाई शान्तिपूर्ण, अहिंसात्मक बाटोबाट आफ्नो कुरा राख्न र सुरक्षा निकायलाई संयम हुन पनि अमेरिकाले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?