देशले ऐतिहासिक सफलता पायो : नेम्वाङ


Nembangसंविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले नेपालको नयाँ संविधान संविधानसभा बैठकबाट पारित हुनुलाई ऐतिहासिक सफलताको संज्ञा दिनुभएको छ । संविधान पारित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनताको सहभागितामा लामो समयदेखिको चाहना र भावनाका साथ संविधानसभाबाट संविधान बन्ने सपनाले मूर्तरुप लिएको बताउँदै यसमा सबैको योगदान रहेको छ भन्नुभयो । हर्षित र गम्भीर मुद्रामा प्रस्तुत हुनु भएका अध्यक्ष नेम्वाङले यो संविधान हालसम्मकै प्रगतिशील र लोकतान्त्रिक भएको उल्लेख गर्नु भयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?