दक्षिण सुडानमा तेल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको संख्या १७० पुग्यो
दक्षिण सुडानको राजधानी जुबाबाट २५० किलोमिटर पश्चिमस्थित मारिदी सहर नजिकै भएको तेल ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुगकोे यहाँको सरकारी स्रोतले बिहीबार जनाएको छ । करिब सय जना अन्य जलेर घाइते भएका राष्ट्रपतिका प्रवक्ता एटेनी बेक एटेले बताएका छन् । घाइते सबैलाई स्थानीय मारिनी अस्पतालमा उपचारका लागि लगिएको छ । आफ्ना साथीहरू विस्फोटमा परेपछि उद्धार गर्ने प्रयास गर्दा अन्य धेरै कामदार घाइते हुन पुगेको स्थानीय संचारमाध्यमले जनाएका छन् । “चिकित्सकको टोलीले घाइते सबैको पीडाकम गर्न अक्सिजन र दुखाई कम गर्ने औषधि दिए पनि ठूलो सङ्ख्यामा घाइते भएका सबैको पीडा कम गर्न डाक्टर र स्वास्थ्यकर्मी २४ घण्टा अनवरत् रूपमा खट्नुपरेको बताइएको छ ।”