एमाले अध्यक्ष ओलीसँग भारतीय विदेशसचिवको छुट्टै एकघण्टा गोप्य कुराकानी


ef/tLo k|wfgdGqL g/]Gb| df]bLsf] ljz]if b”tsf ?kdf g]kfn cfO{k’Ug’ ePsf ef/tLo ljb]z ;lrj 8f=P; hoz+s/ / Pdfn] cWoIf s]kL zdf{ cf]nLlar cf]nL lgjf; afnsf]6df e]6jftf{ xF’b} . tl:j/ M /d]z lu/L, eQmk’/ . /f;;

एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा नेपाल आइपुग्नुभएका भारतीय विदेश सचिव एस जयशङ्करबीच ओली निवास बालकोटमा दुई घन्टा लामो भेटवार्ता भएको छ । भेटवार्तापछि सञ्चारकर्मीलाई भेटका बारेमा जानकारी दिँदै एमालेका प्रमुख सचेतक अग्नि खरेलले विशेषदूत जयशङ्करले अध्यक्ष ओलीलाई नेपालको संविधानसभाले संविधान पारित गरेकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुसीको सन्देश पठाएको जानकारी गराउनु भएको बताउनुभयो । विशेषदूत जयशङ्करले मधेसमा आन्दोलनरत मधेसवादी दलहरूलाई पनि संविधान निर्माणमा सहभागी गराएर जानुपर्ने विचार राखेको खरेलले जानकारी दिनुभयो । खरेलका अनुसार सबै दललाई समेटेर लैजाँदा मात्रै नेपालमा शान्ति र स्थायित्व हुने कुरा जयशङ्करले ओलीलाई राख्नुभएको थियो । विशेषदूत जयशङ्करसँग अध्यक्ष ओलीले संविधानसभामा ९० प्रतिशत सभासद्को सहभागिता एवम् ८५ प्रतिशतभन्दा बढी सभासद्को उत्साहपूर्ण मतदानबाट संविधान पारित भएको र पारित संविधानलाई जनताले व्यापक रूपमा समर्थन गरेको जानकारी गराउनुभएको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट पारित संविधानलाई व्यापक समर्थन पाएको बताउँदै ओलीले जयशङ्करलाई हाम्रो देशको मामलालाई नेपालले सही ढङ्गले समस्या समाधान गर्दै लैजान सक्छौँ भन्ने जानकारी गराएको सचेतक खरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । संविधान निर्माण प्रक्रियाबाट असन्तुष्ट रहेका दलको के कस्ता मागहरू छन्, ती मागहरूलाई संविधान जारी गरेपछि पनि छलफल गरि टुङ्गोमा पुर्याउन सकिने जानकारी ओलीले जयशंकरलाई गराउनु भएको खरेलले जानकारी दिनुभयो । एक घण्टा सामूहिक र एक घण्टा एक्ला एक्लै ओली र जयशंकरबीच कुराकानी भएको थियो । यो गोप्य भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । खरेलले संचारकर्मीलाई जानकारी दिनुभए अनुसार संघीय आयोग समेत बनाएर त्यस्ता मागहरूलाई आयोग मार्फत पनि सम्बोधन गर्न सकिने, संविधान जारी भएपछि पनि असन्तुष्ट पक्षका जायज मागलाई जारी संविधानमा टेकेर सम्बोधन गर्न सकिने जानकारी ओलीले जयशंकरलाई दिनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?