यस वर्षको टीआरसीसी एभरेष्ट कपको उपाधि पनि सेन्टजर्ज फ्रेण्डस क्लबलाई


यस वर्षको तामांग रिक्रियसन क्लब एभरेष्ट कप फुटबलको उपाधि सेन्टजर्ज फ्रेण्डस फुटबल क्लबले जितेको छ । फाईनल प्रतिस्पर्धामा उसले सेन्टजर्ज नेपाली क्लब बीलाई पन्छाउँदै उसले प्रतियोगितामा जीतसँगै रनिंग शिल्ड पनि हात पारेको छ । यससँगै ६ सय डलरको नगद पुरस्कार पनि क्लबले जितेको छ । दोश्रो बनेको सेन्टर्ज नेपाली क्लब बीले शिल्ड, मेडलसहित ४ सय डलर नगद पनि प्राप्त गरेको छ । प्रतियोगितामा सेन्ट जर्ज फ्रेण्डस फुटबल क्लब, लिम्बुवान फुटबल क्लब, माछापुच्छ्रे फुटबल क्लब, हिमालयन युथ क्लब, पारामाट्टा पार्क फुटबल क्लब, सेन्टजर्ज नेप्लीज क्लब ए, सेन्टर्ज नेप्लीज क्लब बी र ग्रानभिल सुनामी फुटबल क्लब सहभागी थिए । यसअघि एक्सपर्ट ग्रुप नवाज कप जितेको सेन्टर्ज फ्रेउण्डस फुटबल क्लबले लगातार दोश्रो प्रतियोगिता जितेर आपूmलाई विजेताको अग्रपंक्तिमा उभ्याएको छ । TRCCयससँगै टीआरसीले अन्तरराज्य ९ ए साईड फुटबल प्रतियोगिता समेत छिट्टै आयोजना गर्ने जानकारी अध्यक्ष अरुण तामांगले दिएका छन् । प्रतियोगितासँगै साना बालकहरुको खेलले धेरैलाई आकर्षित गरेको थियो । उनीहरुबीच खेलाइएको प्रतियोगितामा सेन्टजर्ज नेप्लीज क्लबले उपाधि जितेको छ । ग्रानभिल सुनामी दोश्रोमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगितापछि आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि म्यारिकभिल काउन्सिलका काउन्सिलर क्रिस उड थिए । यसैगरी अन्य अतिथिमा संघीय समाजवादी पार्टी अष्ट्रेलियाका अध्यक्ष गणेश तामांग, एनआरएनका निर्वाचित आईसीसी सदस्य केशवप्रसाद सापकोटा, आदिवासी जनजाति महासंघ अष्ट्रेलिया निन्फाका अध्यक्ष चित्र तुम्बाहाम्फे, एभरेष्ट कम्युनिकेशनका निर्देशक युवराज भट्टराई लगायतले खेलको माध्यमबाट एकआपसमा सौहाद्र्रता अभिबृद्धिमा प्रतियोगिता सफल भएको बताएका थिए । प्रतियोगिताको निर्देशक राजु मानन्धर हुनुहुन्थ्यो । नेपाली समूदायमाझ आपसी भ्रातृत्वको अभिबृद्धिका लागि तामांग रिक्रियसन क्लबले सन् २०१२ देखि हरेक वर्ष एभरेष्टकप गर्दै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?