हङकङमा अपरेशन ‘थन्डरबोल्ट १५’, ४ हजारभन्दा बढी अपराधी पक्राउ


hong kongहङकङको प्रहरी बलले ४ हजार ३४३ व्यक्तिलाई विभिन्न आपराधिक घटनामा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ । उनीहरूबाट १ करोड २९ लाख अमेरिकी डलर पनि जफत गरिएको छ । हङकङको प्रहरीले ग्वाङदोङ, हङकङ र मकाउ प्रहरी अधिकारीको सहयोगमा संयुक्त रूपमा यही जुन १५ देखि सेप्टेम्बर १८ सम्म सञ्चालन गरेको सुरक्षा कारबाहीमा ठूलो सङ्ख्यामा आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो । ‘थन्डरबोल्ट १५’ नाम दिइएको यस अभियानमा ६५ हजार सुरक्षा अधिकारीलाई परिचालित गरेको हङकङस्थित सङ्गठित अपराध तथा गुप्तचर विभागका प्रमुख प्रहरी उपरीक्षक अउ चिनचाउले बताउनुभयो । अभियानले मनोरञ्जनात्मक लगायत अन्य गतिविधि सञ्चालन गरिने ७ हजार ५ सय स्थानमा छानबिन गरी उनीहरूबाट अवैध रूपमा कमाएको भनिएको १ करोड २९ लाख अमेरिकी डलर जफत गरिएको समेत प्रमुख प्रहरी उपरीक्षक अउले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?