हिन्दी टेलिभिजन च्यानल बन्द, सरकारले सोध्यो स्पष्टीकरण


indianभारतले अघोषित नाकाबन्दी गरेपछि त्यसको विरोधमा मंगलबार बिहान १० बजेदेखि नेपालमा हिन्दी टेलिभिजन च्यानल बन्द भएका छन् । नेपाल केबुल टेलिभिजन सङ्घ र नेपाल केबुल टेलिभिजनको सोमबार बसेको संयुक्त बैठकले हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेको थियो । तर, यसको विरुद्ध सञ्चार मन्त्रालयले भने किन बन्द गरेको हो जानकारी गराउन २४ घण्टो पूर्जी केवल सञ्चालकहरुलाई दिएको छ । पत्रमा किन यस्तो निर्णय गरेको हो चित्तबुझ्दो कारणसहित आउन आदेश दिइएको छ । नेकपा माओवादीले भारतले नेपालमाथि हस्तक्षेप गरेको जनाई हिन्दी चलचित्र र च्यानल बन्द गर्न दबाब दिएपछि सुरक्षाका लागि अनिश्चितकालीन बन्द गरिएको सङ्घका अध्यक्ष सुधीर पराजुलीले बताउनुभयो । यता केही चलचित्रघर सञ्चालक हिन्दी चलचित्रको प्रदर्शन रोक्न सहमत देखिएका छन् । गोपीकृष्ण मुभिजले आजदेखि लागु हुने गरी हिन्दी चलचित्रको प्रदर्शन बन्द गर्ने जनाइसकेको छ । नेपाल चलचित्र सङ्घका प्रथम उपाध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ भने हिन्दी चलचित्रको प्रदर्शन नगर्ने कुरा आधाकारिक रूपमा नआए पनि स्वतःस्फूर्त रूपमा हिन्दी चलचित्रका लागि चलचित्र घर बन्द भएको बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?