प्रचण्डले भने, अहिले म बोल्नुभन्दा नबोल्नु नै ठीक


एकीकृत नेकपा (माओवादी) का प्रवक्ता दीनानाथ शर्माको ‘हिम फुलेको रात’ निबन्ध सङ्ग्रहको k’:ts ljdf]rg ub}{ kf6L{ cWoIf k’iksdn bfxfn …k|r08Ú / ;+:s[tljb ;Todf]xg hf]zL . tl:a/ M k|bLk/fh jGt,/f;;

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले आज पुस्तक प्रदर्शनीको अवलोकन गरी पाँचवटा पुस्तक खरिद गर्नुभएको छ । पार्टी केन्द्रीय सदस्य एवम् प्रवक्ता दीनानाथ शर्माको ‘हिम फुलेको रात’ निबन्ध सङ्ग्रहको विमोचन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित कार्यक्रमपछि प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनीको अवलोकन गर्दै उहाँले पुस्तक किन्नु भएको हो । अध्यक्ष दाहालले ‘बिपीको आत्मकथा’ ‘बिपीका उपन्यास’, ‘तारिणीप्रसाद कोइरालाका समग्र कथा’, ‘माक्र्सवादी साहित्य चिन्तन’ र पारिजातको ‘शिरिषको फूल’ गरी पाँचवटा पुस्तक खरिद गर्नुभएको हो । “रु एक हजार ६७४ पर्ने पुस्तक ३० प्रतिशत सहुलियतमा रु एक हजार १७१ मा उहाँले खरिद गर्नुभयो”– प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले भन्नुभयो ।

नेता शर्माको पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले समसामयिक सन्दर्भमा बोल्न पर्ने सबै कुरा बोली सकेकाले आफूले नबोल्दै देशका लागि फाइदा पुग्ने बताउनुभयो । “पैसाट्ठी वर्षको ऐतिहासिक मुद्दा सफल बनाउँदा मुलुकमा ऐतिहासिक सङ्कट पनि निम्तिएको छ ।”–उहाँले भन्नुभयो । साहित्य र संस्कृति राजनीतिभन्दा बढी सत्यको नजिक भएको अनुभव गरेको उहाँले बताउनुभयो । “अहिले मुलुकमा भइरहेको घटनाका पछि ठूलो रहस्य लुकेकाले पछि सार्वजनिक हुनेछ, यसमा अहिले म केही भन्न चाहन्न”–उहाँले भन्नुभयो । निबन्धकार एवम् पूर्वमन्त्री शर्माले राजनीतिभन्दा साहित्य रसिलो भएको अनुभव गरेको बताउनुभयो । “राजनीति शुष्क हुन्छ, साहित्यमा त्यो शुष्कता पाइन्न, मनमा आएका भावना लेख्दा पाँचवटा साहित्यिक कृति जन्मिए, अझै दुई तीनवटा तयार होला जस्तो छ”–उहाँले भन्नुभयो । विसं २०६० अघिका लेखरचना जनयुद्धका समयमा सेनाले डढाएकाले कृति कम भएको पनि उहाँले बताउनुभयो । उहाँका राजनीतिक विषयमा लेखिएका पनि पाँचवटा पुस्तक प्रकाशित छन् । संस्कृतिविद् सत्यमोहन जोशीले अङ्ग्रेजी भाषामा स्तरीय अनुवाद गर्नसके शर्माको कृतिले नेपालमा पनि यस्ता कृति जन्मिँदा रहेछन् भन्ने छाप विश्व जगत्मा छोड्न सफल हुने धारणा राख्नु भयो । कार्यक्रममा पूर्वमन्त्री एवम् साहित्यकार प्रदीप नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, पुस्तकका समीक्षकद्वय डा अभि सुवेदी र डा माधवप्रसाद पोखरेल, प्रकाशनका महाप्रबन्धक शर्मालगायतका वक्ताले लेखक शर्माको कृति पठनीय रहेको चर्चा गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?