भारतीय अघोषित नाकाबन्दीको विरोधमा सिड्नीका युवाले ज्ञापनपत्र बुझाउँदै


naya signatureसार्वभौम राष्ट्र नेपालको आन्तरिक मामिलमा अनावश्यक चासो दिँदै छिमेकी राष्ट्र भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा अष्ट्रेलियाको सिड्नीमा हस्ताक्षर संकलन सुरु भएको छ । शनिबार विहान सिड्नीको एसफिल्ड पार्कबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियानको नेतृत्व नेपाली अष्ट्रेलियन युथ एशोसिएसन नयाले गरेको हो । हस्ताक्षर संकलनपछि यसैसाता बुधबार सिड्नीस्थित भारतीय महावाणिज्यदूतको कार्यालयमा पुगेर महावाणिज्यदूत मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालविरुद्धको अघोषित नाकाबन्दीको विरोध जनाइनेछ । कार्यक्रममा नेपाली समूदायका सदस्यहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेल, सहसचिव भिष्म भण्डारी, चितवन समाज अष्ट्रेलियाका अध्यक्ष बुद्धि डल्लाकोटी, एनआरएन आईसीसी सदस्य केशव सापकोटा, एनआरएन न्यूसाउथवेल्सका सचिव भुपाल सिटौला, युथ कोअर्डिनेटर विजय शर्मा लगायतले आपूmहरु सार्वभौमसम्पन्न देशको अखण्डतामाथि गरिएको हस्तक्षेपका विरुद्ध एकताबद्ध भएको बताए । समस्याको समाधान कुटनीतिक तवरमा गरिनुपर्ने मान्यता रहेपनि देशमा आफ्ना दाजुभाई पीडामा भएको बेलामा ऐक्यबद्धता जनाउन र गैरजिम्मेवारपूर्ण भारतीय कदमको विरोध गर्न आपूmहरुले हस्ताक्षर संकलन अभियान थालेको बताए । यस्तै पटक पटक हुने यस किसिमका दबाबपूर्ण हस्तक्षेपहरुलाई रोक्नका निम्ति सही विकल्प रोज्नु अहिलेको आवश्यकता भएको पनि अधिकांश वक्ताहरुको भनाई थियो । तीन दिनसम्म चल्ने यो अभियानपछि संकलित हस्ताक्षर र ज्ञापनपत्र बुझाइनेछ । एमएनटीभीसँग कुरा गर्दै नयाका अध्यक्ष कोमल पाठकले भने, “हामीलाई नेपालमाथि गरिएको यस किसिमको नाकाबन्दी मान्य छैन । देशको सवालमा कुनै सम्झौता हुन सक्दैन । हामी जहाँ भएपनि हाम्रो मन जहिल्यै नेपाल र नेपालीकै साथमा रहन्छ भन्ने सन्देश दिन चाहन्छौं । विश्वभरिबाट यो कदमको विरोध सुरु भइसकेको छ । हामीले पनि यसैलाई निरन्तरता दिएका हौं ।” शनिबार यता सिड्नीमा हस्ताक्षर संकलन चलिरहँदा उता दिल्लीले भने वीरगञ्ज नाका बाहेक अन्यत्रबाट निकासी सचारु गराउने निर्देशन आएको थियो । यद्यपि स्थिति अझै सहज बनेको छैन । भूकम्पका कारण थिलथिलो बनेको अर्थतन्त्र नाकाबन्दीका कारण संकटमा परेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?