डाँफेटेलको नयाँ सेवा, कार्यालयको फोन मोबाइलमा ट्रान्सफर
अष्ट्रेलिया र नेपाललाई फोनको माध्यमबाट जोड्ने उद्देश्यका साथ सञ्चालित डाँफेटेलले आफ्नो सेवालाई विस्तार गरेको छ । हालै सिड्नीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार डाँफेटेलको सेवा लिएर फोनलाई मोबाइल एप्लीकेशनको माध्यमबाट थप सुविधासहितको बनाउन सकिने जानकारी गराइएको हो । कार्यक्रममा डाँफेटेलको विगतको यात्राबारे जानकारी गराउँदै निर्देशक दिपक खड्काले भन्नुभयो, “देशको राष्ट्रिय चराको नाममा हामीले दर्ता गरेर नेपालको दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँग समेत अनुमति लिएर फोनसेवा सञ्चालन सुरु गरेका थियौं । तर, बीचमा केही समस्या आयो । तर, अब हामी फेरि गुणस्तरीय सेवाका साथ आएका छौं । हाम्रा प्राविधिकहरुको खोजबाट अझ बढी सुविधा दिन सकिने भएको छ ।” यस्तै कार्यक्रममा उपस्थित डाँफेटेलका अर्का साझेदार जविन श्रेष्ठले कम्पनीले ल्याएको नयाँ सुविधाको विषयमा जानकारी दिएका थिए । श्रेष्ठका अनुसार कार्यालयमा आएको फोन रेकर्डिंग, भ्वाईसमेल, फ्याक्स, फोनलाई मोबाइलमा ट्रान्सफर गर्ने सुविधा मात्र होइन, भाइबरभन्दा गुणस्तरीय आवाजमा कुनैपनि देशमा रहेका कम्पनीका कार्यालयहरुबाट फोन गर्दा पनि अष्ट्रेलियाकै नम्बर प्रयोग गर्न सकिने समेतका सुविधा छन् । यस्तै भिडियो कन्फ्रेन्सिंग, भिडियो कलको सुविधा पनि कम्पनीले ग्राहकहरुको निम्ति ल्याएको छ । मुख्यतः यसबाट अष्ट्रेलियामा रहने सबैजना लाभान्वित हुने भएपनि नेपाल र अष्ट्रेलियाका विभिन्न शहरमा कार्यालय सञ्चालन गर्ने व्यवसायीहरुका निम्ति विशेष सुविधायुक्त हुने बताइएको छ । उनीहरुले आफ्नो कार्यालयमा सर्भिलेन्स क्यामेराको माध्यमबाट निरन्तर निगरानी गर्न सक्नेछन् । यस्तै फोन कलको समयको डिटेलदेखि, रेकर्डिंग समेत गर्न सकिनेछ । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन आईसीसी प्रवक्ता मन केसी, डेप्युटी युथ कोअर्डिनेटर कृष्ण गिरी एनआरएन कोषाध्यक्ष डिला खरेल लगायतका व्यवसायी र नेपाली समूदायका अगुवाहरुको उपस्थिति थियो । आईपी पिविएक्स सेवा र यसका सुविधाका विषयमा थप जानकारी यो लिंकमा हेर्न सकिनेछ । www.danfetel.com