फ्रान्सका राष्ट्रपति ओलान्द अर्को महिना दक्षिण कोरिया जाने
फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ ओलान्द आगामी महिना दक्षिण कोरिया जाने फ्रान्सका राष्ट्रपतिको कार्यालयले सोमबार जनाएको छ । राष्ट्रपति ओलान्दको उहाँका कोरियाली समकक्षी पार्क गेन हेको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा फ्रान्स र दक्षिण कोरियाबीच रहँदै आएको द्विपक्षीय कूटनैतिक, राजनैतिक, तथा सांस्कृतिक सम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल गरिने बताइएको छ । सिओलमा फ्रान्सेली राष्ट्रपति ओलान्दलाई नोभेम्बर ४ मा फ्रान्स–कोरिया वर्ष २०१५–२०१६ को अवसरमा राजकीय सम्मानका साथ स्वागत गरिने कार्यक्रम रहेको पनि समाचारमा जनाइएको छ ।
भ्रमणका क्रममा दुई देशका राष्ट्र प्रमुखले फ्रान्स तथा कोरियासम्बन्धी नयाँ कार्यक्रमको घोषणा गरिने कार्यक्रम छ । नयाँ कार्यक्रमले दुई देशबीच राजनीतिक, आर्थिक, वैज्ञानिक तथा सांस्कृतिक पक्षलाई थप प्रोत्साहन दिने विश्वास फ्रान्सले लिएको छ ।