काठमाडौं ओर्लदा ओर्लदै परराष्ट्रमन्त्रीले भने, कुनैपनि बहानामा नाकाबन्दी लाउन पाइँदैन


;+o’Qm /fi6«;ª3sf] &)cf}+ dxf;efdf ;xefuL eP/ :jb]z kms]{kl5 lqe’jg cGt/f{li6«o ljdfg:yndf ;~rf/sdL{;Fu s’/f ub}{ k//fi6«dGqL dx]Gb|axfb’/ kf08] . tl:a/ M /f]zg ;fksf]6f, /f;;

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भूपरिवेष्टित एवम् अल्पविकसित मुलुकमा अत्यावश्यक वस्तु र सेवाको प्रवाह कुनै पनि बहानामा रोक्न नपाइने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिएर स्वदेश फर्कनुभएका मन्त्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग “अल्पविकसित÷भूपरिवेष्टित मुलुकको अधिकार कुनै पनि देशले कुण्ठित गर्न पाउँदैन” भन्नुभयो । महासभाका क्रममा आफूले भारतका विदेशमन्त्रीलाई पनि सोही कुरा अवगत गराएको जानकारी दिँदै उहाँले अन्तर्राष्ट्रिय समुदायसँगको भेटवार्तामासमेत उक्त विषयलाई सशक्त रुपमा उठाएको बताउनुभयो । भारतीय विदेश मन्त्रालयका उच्च पदाधिकारीको उपस्थितिमा भारतीय विदेशमन्त्रीसँग भएको भेटमा आफूले नेपालतर्फ आपूर्ति हुने अत्यावश्यक सामग्री रोकिएकाबारे गम्भीर रुपमा ध्यानाकर्षण गराएको र प्रत्युत्तरमा उहाँले नेपालसम्मको सीमा क्षेत्रमा त्यस्ता मालसामान पु¥याइदिने आश्वासन दिएको जानकारी मन्त्री पाण्डेले दिनुभयो । राष्ट्रसङ्घका महासचिव बानकी मुनसँगको भेटवार्तामा उहाँले नेपाल–भारत सम्बन्धमा चिसोपन आएको होकि भन्ने जिज्ञासा राख्नुभएको र आफूले केही व्यक्तिको गलत सूचना प्रवाहमा आधारित भएर भारतले त्यसो गरेको जानकारी गराएको मन्त्री पाण्डेले बताउनुभयो । संविधान जारी भएसँगै नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेकामा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गर्दै संविधान कार्यान्वयनमा उहाँले जोड दिनुभयो ।
न्युयोर्कमा रहँदा विश्वका विभिन्न मुलुकका आफ्ना समकक्षी, उच्च अधिकारी एवम् राष्ट्रसङ्घका वरिष्ठ अधिकृतसँग बेग्लाबेग्लै भेटेर मुलुकको हित प्रवद्र्धनका साथै जारी संविधान र त्यसका विशेषताबारे जानकारी गराएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?