भलिबल खेलेर पोखरामा पहिरो पीडितलाई सहयोग


bhalibalपोखरा समाज अष्ट्रेलियाले ग्लोबल कन्सल्टिंग एण्ड डिलाईट टुर्स एण्ड ट्राभल्सको आयोजनामा भएको पोखराका पहिरोपीडितको सहयोगार्थ आयोजना गरिएको च्यारिटी भलिबल प्रतियोगिताको उपाधि म्याग्दी सेवा समितिले जितेको छ । फाईनल प्रतिस्पर्धामा म्याग्दी सेवा समितिले थकाली समाजलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको छ । नेपालमा कास्की जिल्लाको भदौरो तमघी गाविसमा गत साउन १३ गते गएको पहिरोमा परेका पीडितहरुको सहयोगका निम्ति खेलाइएको भलिबल प्रतियोगितामा बागलुंग अष्ट्रेलिया कम्युनिटी, म्याग्दी सेवा समिति, थकाली सेवा समाज मगर समाज अष्ट्रेलिया, जलजला परिवार, पोखरा समाजको सहभागिता थियो । रकडेलस्थित पिसीवाईसी क्लबमा खेलाइएको खेलमा महिलातर्फको उपाधि जलजला परिवारले जितेको छ । जलजलाले फाईनल प्रतिस्पर्धामा पोखरा समाजलाई पराजित गरेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी खेम पुर्जा घोषित भए । विजेता टोलीलाई प्रतियोगितापछि आयोजना गरिएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि कानून व्यवसायी डा. शमशेरसिंह थापा, एनआरएन न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेल, जनसम्पर्क समितिका दिनेश जोशी, राजमान थकाली, प्रेम गुरुंग र नन्द गुरुंगले ट्रफी, पदक र प्रमाणपत्र दिएका थिए । छोटो मन्तव्यका क्रममा प्रमुख अतिथि थापाले खेलकुदको माध्यमबाट समाजसेवा गर्नु पक्कै पनि सराहनीय काम हो भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु हुँदै जाओस् भन्ने सुझाव दिनुभएको थियो । (प्रतियोगिताका केही तस्वीरहरु)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?