भद्र सहमतिको विषयमा एमाओवादीले प्रधानमन्त्री कोइरालालाई गरायो ध्यानाकर्षण


prachanda and koiralaप्रधानमन्त्री सुशील कोइरालासँग एकीकृत नेकपा (माओवादी)का नेताहरुले भेटेर भावी सरकारका बारेमा छलफल गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री कोइरालासँग भावी सरकारका बारेमा आफ्नो पार्टीले गरेका निर्णय सुनाउँदै प्रमुख दलहरुबीचको एकता कायम राख्नुपर्ने सुझाव दिएको थियो । एमाओवादीले संविधान जारी भइसकेपछि पनि थप चुनौती भएकाले प्रमुख दलबीच एकता कायम राखेर अघि बढ्नुपर्ने बारेमा छलफल गरेको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । भेटमा असन्तुष्ट दललाई पनि सहमतिमा ल्याउने बारेमा छलफल भएको थियो । भेटमा एमाओवादीले यसअघि दलहरुबीच भएको १६ बुँदे सहमतिअनुसार अघि बढ्दा सहज र उपयुक्त हुने सुझाव दिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?