सिड्नीमा दशैंको स्वागत, चंगा महोत्सवको रमझम


1 दशैं भन्नेबित्तिकै परिवार जम्मा हुने र खुशी साटासाट गर्ने एकअर्कासँग समय बिताउने पर्वका रुपमा हामी चिन्छौं । आफुभन्दा ठूलाको हातबाट टिका जमरा थाप्ने र आशिर्वाद लिने चाड, असत्यमाथि सत्यको विजयको प्रतिकमा मनाइने चाडको रुपमा पनि यसलाई लिने गरिन्छ ।  यसको धार्मिक पक्ष अर्कोतिर होला, यससँगै चंगा उडाउने काम पनि दशैंको एक महत्वपूर्ण पाटो हो । मुख्यतः काठमाडौं उपत्यकामा दशैंअघि चंगा उडाउनेक्रम सुरु भइसक्छ । यो क्रम दशैंमा पनि चलिरहन्छ । चंगाको उडानलाई दशैंको आगमनको रुपमा लिने गरिन्छ । तर, यतिबेला देश असहज परिस्थितिबाट गुज्रिरहेको छ । 3काठमाडौंको आकाशमा चंगा देख्न कठीन बनिरहेको बेला सिड्नीमा भने नेपाल चंगा महोत्सव २०१५ आयोजना भएको छ । गुठी अष्ट्रेलियाको आयोजनामा भएको यस महोत्सवमा चंगा र धागोसहितको लट्टाई नेपालबाट नै ल्याइएको हो । यससँगै बालबालिकाहरुको निम्ति जम्पिंग क्यासल, फेश पेन्टिंग, खानाका स्टलहरु लगायत राखिएको छ । निःशुल्क सहभागी हुने व्यवस्था मिलाइएको यस कार्यक्रममा यतिबेला सिड्नीमा रहेका नेपाली समूदायका सदस्यहरु ठूलो मात्रामा सहभागी बनेका छन् । यसैक्रममा काठमाडौ उपत्यकामा हुने विभिन्न रथ जात्राको झल्को दिनेगरी सानो रथ बनाएर त्यसलाई तानेर समेत सांस्कृतिक झल्को दिने प्रयास भएको छ । एक किसिमले भन्दा अष्ट्रेलियाको सिड्नीस्थित रकडेल क्षेत्रमा रहेको विसेन्टिनियल पार्क यतिबेला दशैंमय बनेको छ । एकातिर चंगा उडाउनका निम्ति सानासाना बालबालिकाहरु पनि अकर्षित भएका छन् भने अर्कोतर्फ, युवा युवती आयोजना गरिएका विभिन्न खेल प्रतियोगिताहरुमा सहभागी भइरहेका छन् । कार्यक्रमका केही तस्वीरहरु यहाँ प्रस्तुत गर्दछौं ।5 4

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?