देशले पायो केपी शर्मा ओलीलाई ३८ औं प्रधानमन्त्रीका रुपमा, सुशील कोइराला पराजित


cWoIf cf]nL–clejfbg Joj:yflksf ;+;baf6 ##* dt k|fKt u/L #*cf}F k|wfgdGqLdf ljho ePkl5 g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nL clejfbg ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । उहाँले खसेको कुल मतमध्ये ओलीले ३३८ मत प्राप्त गर्नुभएको सभामुख सुवास नेम्वाङले घोषणा गर्नुभयो । मतदानमा ५८७ जना सांसद उपस्थित हुनुहुन्थ्यो । यस्तै अर्का उम्मेदवार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गर्नुभएको छ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत दलहरूको समर्थनमा ओली मुलुकको ३८औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । ओलीको पक्षमा नेकपा (एमाले)का १८३ सांसद, एकीकृत नेकपा (माओवादी)का ८३, राप्रपा नेपालका २५, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का १४ संसदले मतदान गर्नुभएको थियो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा (माले) ५, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई बहुजनशक्ति पार्टी एक, मधेस समता पार्टी नेपालका एक, नेपाः राष्ट्रिय पार्टी, नेकपा (संयुक्त)का तीन सांसदले पनि ओलीलाई मतदान गर्नुभएको थियो । नेकपा (एमाले)का तर्फबाट झापा क्षेत्र नं ७ बाट संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित हुनुभएका ६४ वर्षीय ओली नयाँ संविधान घोषणा भएको २१ दिनपछि प्रधानमन्त्रीमा चयन हुनुभएको हो । एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)बीच आजै आठ बुँदे सहमति भएको थियो । यस्तो भनेका थिए प्रधानमन्त्री बन्नुअघि केपी शर्मा ओलीले नेकपा (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री पदका उम्मेदवार केपी शर्मा ओलीले राष्ट्रिय एकता, सहमति र राष्ट्रको विकासका निम्ति आफूले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको वाताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा १९ को उपदफा (३) बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्दै नेता ओलीले उक्त कुरा बताउनुभएको हो । नेता ओलीले लोकतान्त्रिक विधिबाट निर्मित लोकतान्त्रिक संविधान मुलुकलाई प्रदान गरेर राजनीतिक दलले ऐतिहासिक अभिभारा पूरा गरेका र संविधानसभाले गरेको व्यवस्थाअनुरुप नयाँ सरकार गठनका निम्ति आफू सदनमा उपस्थित भएको जानकारी गराउनुभयो । अनेक कठिनाइका बाबजुद अधिकतम सहमतिमा संविधान जारी भएको र सहमति एउटा प्रक्रिया र अभिष्ट हो भन्दै नेता ओलीले लोकतान्त्रिक प्रणालीमा प्रतिस्पर्धा हुनु स्वाभिक भए पनि अधिकतम सहमति प्राप्त गरेर संविधान जारी भएको सन्दर्भमा पछिल्लो समयमा त्यस्तै सहकार्य, सहमतिको वातारण बन्न नसकेकामा आफूलाई असहज लागेको चर्चा गर्नुभयो । विभिन्न दलको समर्थन पाएर उम्मेदवारी दिएको बताउँदै उहाँले भन्नुभयो, “नेपाली काँग्रेससँगसँगै सरकारमा रह्यौँ, गत वर्ष नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालाको नेतृत्वमा सरकार गठनमा म स्वयम् समर्थक थिएँ ।” सबै दलको साथ, सहयोग, सहमति र समर्थनबाटै देशलाई अघि बढाउने आफ्नो चाहना रहेको र त्यसमा सबै पार्टीको साथ र समर्थन अपरिहार्य भएको बताउँदै एमालेको अध्यदेशले पायो केपी शर्मा ओलीलाई ३८ औं प्रधानमन्त्रीका रुपमा, सुशील कोइराला पराजित सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । उहाँले खसेको कुल मतमध्ये ओलीले ३३८ मत प्राप्त गर्नुभएको सभामुख सुवास नेम्वाङले घोषणा गर्नुभयो । मतदानमा ५८७ जना सांसद उपस्थित हुनुहुन्थ्यो । यस्तै अर्का उम्मेदवार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गर्नुभएको छ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत दलहरूको समर्थनमा ओली मुलुकको ३८औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । ओलीको पक्षमा नेकपा (एमाले)का १८३ सांसद, एकीकृत नेकपा (माओवादी)का ८३, राप्रपा नेपालका २५, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का १४ संसदले मतदान गर्नुभएको थियो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा (माले) ५, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई बहुजनशक्ति पार्टी एक, मधेस समता पार्टी नेपालका एक, नेपाः राष्ट्रिय पार्टी, नेकपा (संयुक्त)का तीन सांसदले पनि ओलीलाई मतदान गर्नुभएको थियो । नेकपा (एमाले)का तर्फबाट झापा क्षेत्र नं ७ बाट संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित हुनुभएका ६४ वर्षीय ओली नयाँ संविधान घोषणा भएको २१ दिनपछि प्रधानमन्त्रीमा चयन हुनुभएको हो । एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)बीच आजै आठ बुँदे सहमति भएको थियो । यस्तो भनेका थिए प्रधानमन्त्री बन्नुअघि केपी शर्मा ओलीले नेकपा (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री पदका उम्मेदवार केपी शर्मा ओलीले राष्ट्रिय एकता, सहमति र राष्ट्रको विकासका निम्ति आफूले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको वाताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा १९ को उपदफा (३) बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्दै नेता ओलीले उक्त कुरा बताउनुभएको हो । नेता ओलीले लोकतान्त्रिक विधिबाट निर्मित लोकतान्त्रिक संविधान मुलुकलाई प्रदान गरेर राजनीतिक दलले ऐतिहासिक अभिभारा पूरा गरेका र संविधानसभाले गरेको व्यवस्थाअनुरुप नयाँ सरकार गठनका निम्ति आफू सदनमा उपस्थित भएको जानकारी गराउनुभयो । अनेक कठिनाइका बाबजुद अधिकतम सहमतिमा संविधान जारी भएको र सहमति एउटा प्रक्रिया र अभिष्ट हो भन्दै नेता ओलीले लोकतान्त्रिक प्रणालीमा प्रतिस्पर्धा हुनु स्वाभिक भए पनि अधिकतम सहमति प्राप्त गरेर संविधान जारी भएको सन्दर्भमा पछिल्लो समयमा त्यस्तै सहकार्य, सहमतिको वातारण बन्न नसकेकामा आफूलाई असहज लागेको चर्चा गर्नुभयो । विभिन्न दलको समर्थन पाएर उम्मेदवारी दिएको बताउँदै उहाँले भन्नुभयो, “नेपाली काँग्रेससँगसँगै सरकारमा रह्यौँ, गत वर्ष नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालाको नेतृत्वमा सरकार गठनमा म स्वयम् समर्थक थिएँ ।” सबै दलको साथ, सहयोग, सहमति र समर्थनबाटै देशलाई अघि बढाउने आफ्नो चाहना रहेको र त्यसमा सबै पार्टीको साथ र समर्थन अपरिहार्य भएको बताउँदै एमालेको अध्यक्षसमेत रहनुभएका नेता ओलीले जनताका हकअधिकार, राष्ट्रिय एकता र समृद्धि, संविधान कार्यान्वयनका सन्दर्भमा नेपाली काँग्रेससँग सहकार्य गर्ने दृढता दोहो¥याउनुभयो । उहाँले एकसय बढी नयाँ कानुन निर्माण र तीनसय बढी अन्य ऐन संशोधन गर्नुपर्ने, देशका विभिन्न भागमा भइरहेका आन्दोलन र असन्तुष्टि सम्बोधन, भूकम्पले सिर्जना गरेको असहज परिस्थितिसँग जुद्धै पुनर्निर्माणका काममा जुट्नुपर्ने अहिलेको जटिल अवस्थामा स्वच्छ, पारदर्शी एवम् प्रभावकारी सञ्चालन, कृषिको आधुनिकीकरण, प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग, व्यापार वृद्धि, पर्यटन विकास, सेवा क्षेत्रको प्रवद्र्धन, बाह्य लगानी आकर्षित गर्न अनुकूल वातावरण निर्माणमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । छिमेकीसँगको असमझदारी चिर्र्दै आपूर्ति व्यवस्थालाई व्यवस्थित गर्न तथा सामाजिक सद्भाव कायम गर्ने, सामाजिक न्याय र समानतामा आधारित राष्ट्र निर्माणको काम पूरा गर्न एकता, सहमति नै आफ्नो अभिष्ट भएको श्री ओलीले बताउनुभयो । साथै उहाँले नेपाली काँग्रेसका सभापतिलाई उम्मेदवारी फिर्ता लिएर आफूलाई समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सहमति र सहकार्यको पक्षमा नेपाली काँग्रेसकै नेता भएकाले त्यस निम्ति अग्रसर हुन सभापति कोइरालालाई अनुरोध गर्छु । उम्मेदावरी फिर्ता नलिए पनि नेपाली काँग्रेसको साथ र सहयोग लिन आफ्नातर्फबाट कुनै कसर राख्दिन ।” प्रधानमन्त्रीमा आफूलाई विजयी तुल्याउन अनुरोध गर्दै उहाँले देशका विभिन्न भागमा आफूविरुद्ध भ्रम फैलाइएको, आफूलाई मधेसी, थारुलगायत समुदायको विपक्षीका रुपमा प्रस्तुत गरिएको तर त्यो व्यवहारबाट समाप्त पार्ने प्रण पनि गर्नुभयो । “हिमाल, पहाड तराई, मधेसी, थारु, जनजाति, उत्पीडित, अल्पसङ्ख्यक, मुसलमान सबै नेपाली हुन् र तिनका समस्या सम्बोधन गर्न उम्मेदवारी प्रस्तुत गरेको हुँ । देश र जनताका लागि केही गरौँ, एकताको सूत्रमा मुलुकलाई आबद्ध गर्ने र छिमेकी मुलुकसँग सुदृढ र सुमधुर सम्बन्ध कायम गर्ने लक्ष्य पूरा गर्न मलाई मतदान गर्नुहोस्”–आन्दोलनरत समूहका जायज माग सम्बोधन गर्ने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो । क्षसमेत रहनुभएका नेता ओलीले जनताका हकअधिकार, राष्ट्रिय एकता र समृद्धि, संविधान कार्यान्वयनका सन्दर्भमा नेपाली काँग्रेससँग सहकार्य गर्ने दृढता दोहो¥याउनुभयो । उहाँले एकसय बढी नयाँ कानुन निर्माण र तीनसय बढी अन्य ऐन संशोधन गर्नुपर्ने, देशका विभिन्न भागमा भइरहेका आन्दोलन र असन्तुष्टि सम्बोधन, भूकम्पले सिर्जना गरेको असहज परिस्थितिसँग जुद्धै पुनर्निर्माणका काममा जुट्नुपर्ने अहिलेको जटिल अवस्थामा स्वच्छ, पारदर्शी एवम् प्रभावकारी सञ्चालन, कृषिको आधुनिकीकरण, प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग, व्यापार वृद्धि, पर्यटन विकास, सेवा क्षेत्रको प्रवद्र्धन, बाह्य लगानी आकर्षित गर्न अनुकूल वातावरण निर्माणमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । छिमेकीसँगको असमझदारी चिर्र्दै आपूर्ति व्यवस्थालाई व्यवस्थित गर्न तथा सामाजिक सद्भाव कायम गर्ने, सामाजिक न्याय र समानतामा आधारित राष्ट्र निर्माणको काम पूरा गर्न एकता, सहमति नै आफ्नो अभिष्ट भएको श्री ओलीले बताउनुभयो । साथै उहाँले नेपाली काँग्रेसका सभापतिलाई उम्मेदवारी फिर्ता लिएर आफूलाई समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सहमति र सहकार्यको पक्षमा नेपाली काँग्रेसकै नेता भएकाले त्यस निम्ति अग्रसर हुन सभापति कोइरालालाई अनुरोध गर्छु । उम्मेदावरी फिर्ता नलिए पनि नेपाली काँग्रेसको साथ र सहयोग लिन आफ्नातर्फबाट कुनै कसर राख्दिन ।” प्रधानमन्त्रीमा आफूलाई विजयी तुल्याउन अनुरोध गर्दै उहाँले देशका विभिन्न भागमा आफूविरुद्ध भ्रम फैलाइएको, आफूलाई मधेसी, थारुलगायत समुदायको विपक्षीका रुपमा प्रस्तुत गरिएको तर त्यो व्यवहारबाट समाप्त पार्ने प्रण पनि गर्नुभयो । “हिमाल, पहाड तराई, मधेसी, थारु, जनजाति, उत्पीडित, अल्पसङ्ख्यक, मुसलमान सबै नेपाली हुन् र तिनका समस्या सम्बोधन गर्न उम्मेदवारी प्रस्तुत गरेको हुँ । देश र जनताका लागि केही गरौँ, एकताको सूत्रमा मुलुकलाई आबद्ध गर्ने र छिमेकी मुलुकसँग सुदृढ र सुमधुर सम्बन्ध कायम गर्ने लक्ष्य पूरा गर्न मलाई मतदान गर्नुहोस्”–आन्दोलनरत समूहका जायज माग सम्बोधन गर्ने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?