प्रचण्डले भनेकै थिए सुशीललाई अब फिर्ता लिएर सहयोग गर्नुहोस्


prachanda1नेता ओलीका प्रस्तावक एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीति सम्भावनाको खेल भएको बताउँदै त्यसलाई चरितार्थ गर्न आफू नेता ओलीको पक्षमा उभिएको उल्लेख गर्नुभयो । संविधान जारी भएपछि गठन हुन लागको पहिलो सरकारको ठूलो महत्व रहेको र संविधान कार्यान्वयनको जिम्मेवारी चुनौतीपूर्ण रहेको भन्दै उहाँले मधेसमा आन्दोलनरत समूहसँग सहमति एवम् समझदारी गरेर राष्ट्रिय सहमतिमा जानुपथ्र्यो भन्नेमा आफू अडिग रहेको स्पष्ट गर्नुभयो । आन्दोलनरत मधेसी दलसहित सबै राजनीतिक दलको सहमतिमा सरकार बनाउने प्रयास भएको तर नेपाली काँग्रेसले १६ बुँदे सहमति गर्दै गर्दा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पुनः उम्मेदवारी दिएर अविश्वासको वातावरण बनाएकामा दुःख प्रकट गर्नुभयो । अध्यक्ष प्रचण्डले सहमति र समझदारीबाटै सबैखाले विदेशी हस्तक्षेपलाई परास्त गर्न सकिने शिक्षा बिपी कोइराला, पुष्पलाल, मदन भण्डारीले सिकाएका तर काँग्रेसले साथ नदिँदा असहज परिस्थिति आएको दुःखेसो गर्नुभयो । सम्बोधनका क्रममा निक्कै भावुक बन्नुभएका अध्यक्ष प्रचण्डले देशलाई सङ्कटको भुँमरीबाट जोगाउन सबै राजनीतिक दल मिलेर जानुको विकल्प नभएको बताउनुभयो ।
ओलीलाई सहयोग गर्न पाउनु राष्ट्रिय गौरव ः कमल थापा
त्यसैगरी नेता ओलीका समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर राष्ट्रिय स्वाधिनताको रक्षाको लागि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा समर्थन गरेको बताउनुभयो ।
‘भारतसँगको सीमा क्षेत्रमा विद्यमान अवरोधका कारण जनताको जीवन प्रभावित भएको, बाह्य हस्तक्षेप बढेर गएको छ’ भन्दै उहाँले मुलुकलाई परेको सङ्कटलाई हटाउनका लागि राष्ट्रिय शक्तिबीच मेलमिलापको आवश्यकता रहेको बताउनुभयो । शान्ति प्रक्रियालाई अगाडि बढाउने र संविधान जारी गर्ने सवमालमा प्रमुख तीन दलको महत्वपूर्ण भूमिका रहेको भन्दै संविधान कार्यान्वयनका लागि एकताको विकल्प नभएको उहाँको भनाइ थियो । ‘‘हामी प्रतिपक्षमा बस्छौँ, तपाइँहरू मिलेर सरकार बनाउनुस्, भनेर हामीले भनेका थियौँ । राष्ट्रिय शक्ति विभाजित भएको अवस्थामा मुलुक अप्ठ्यारामा परेको छ । यतिबेला एकता र सहमतिको आधारमा बढ्नुपर्ने अवस्थामा प्रमुख दलका बीचमा जुन अवस्था देखिएको छ । त्यसले शुभ सङ्केत गरेको छैन”–अध्यक्ष थापाले भन्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?