उग्रबामपन्थी र दक्षिणपन्थीको सरकारले धेरै अपेक्षा गर्न नसकिने पौडेलको भनाई


Ram Chandra Poudel Speaks to Media after CPDCC Meetingनेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व नै लोकतन्त्रको सबैभन्दा सुन्दरपक्ष भएको बताउनुभएको छ । तनहँु–काठमाडौँ बौद्धिक समाजद्वारा नयाँ संविधानको घोषणा, बडादसँै, दीपावली तथा छठपर्वको अवसरको आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो– “संविधानसँग सत्ताको होडबाजी गर्ने कार्य भने सुहाउँदो होइन ।” प्रधानमन्त्री चयन प्रक्रियाप्रति आफ्नो सम्मान रहे पनि परिणामले दुखित तुल्याएको बताउँदै उपसभापति पौडेलले सहमति, सहकार्य र एकता नारा आफ्नो लागि मात्र हो भन्ने प्रवृत्तिलाई हटाउन आवश्यक छ भन्नुभयो । विकास निर्माणको शीर्षकमा गाउँगाउँमा गएको रकम सहमतिको नाममा पैसा बाँडेर खाने प्रवृत्तिले जरा गाडेको बताउँदै उहाँले उग्रबामपन्थी र दक्षिणपन्थीको नेतृत्वमा रहेको सरकारबाट मुलुक र जनताले धेरै अपेक्षा गर्न नसकिने धारणा व्यक्त गर्नुभयो । सो अवसरमा नेपाली काँग्रेसका युवा नेता शङ्कर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई र पुराना नेता रामचन्द्र पोखरेलले समसामयिक राजनीतिक र आगामी दिनमा नेपाली काँग्रेसको जिम्मेवारीका बारेमा बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?