फुटबलका नायक होइन खलनायक देखिए क्याप्टेन सागर थापा


sagar thapaनेपालको फुटबल इतिहासमै कालो धब्बा बन्दै कप्तान सागर थापासहित तीन जना खेलाडीले म्याच फिक्सिंग गरेको आरोपमा पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गरेपछि यी खेलाडी देशको नाम राख्न होइन, देशको बदनाम गर्न खटिएका थिए भनने पुष्टि भएको छ । विदेशमा खेल खेल्न जाने तर, खेलेर होइन, नखेलेर विपक्षी टिमसँग पैसा लिने गरेका यिनीहरुले अब जनताको सामू कसरी आफ्नो अनुहार देखाउँछन् यो गम्भीर प्रश्न बनेको छ ।

अफगानिस्तान र बंगलादेशसँगको खेलमा मिलेमतो गरेको आरोपमा नेपाली फुटबल टिमका क्याम्पेटन सागर थापा सहित ३ राष्ट्रिय खेलाडी पक्राउ परेका हुन् । विदेशी र स्वदेशी प्रतियोगितामा सट्टेवाजसँग मिलेर खेल हारेको दावी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाले थापा सहित राष्ट्रिय टिमका खेलाडी रितेश थापा र सन्दिप राई तथा पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री, र अञ्जन केसीलाई पक्राउ गरेको हो । केसी थ्रिस्टार क्वलका पूर्व प्रशिक्षक समेत हुन् । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले नेपाली राष्ट्रिय खेलाडीहरुले राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा सट्टेवाजसँग मिलेमतोगरी खेल हार्ने र जित्ने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा संलग्नता देखिएपछी अनुसन्धानका लागी पक्राउ गरिएको जानकारी दिए ।

ुआएको सूचनाबारे अनुसन्धानगर्दा तथ्यहरु देखियोुखनालले नागरिकसँग भनेु त्यसैले थप अनुसन्धानका लागी पक्राउ गरेका हौं, थप अनुसन्धान जारी छ । नेपालले खेलेको पछिल्लो नौ अन्तराष्ट्रिय खेलमा गोलविहन रहँदै आएको छ । पक्राउ परेकामध्ये रितेश नेपाल प्रहरीको टिम पुलिसक्लवकै खेलाडी हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?