सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता बारका अध्यक्ष हरिकृष्ण कार्की
नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की महान्यायाधीवक्तामा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उहाँलाई आज राष्ट्रपति डा रामवरण यादवले नियुक्ति गर्नुभएको बारका उपाध्यक्ष टीकाराम भट्टराइले जानकारी दिनुभयो । बिहीबार राष्ट्रपतिसमक्ष उहाँले सपथ लिनुहुने कार्यक्रम रहेको छ । ओखलढुङ्गामा जन्मनु भएका कार्कीले २०४० सालदेखि वकालत सुरु गर्नुभएको थियो । वकालतका क्रममा कार्की बारको केन्द्रीय सदस्य, महासचिव भएर हाल अध्यक्ष हुनुहुन्थ्यो । विद्यार्थी राजनीतिमा समेत सक्रिय रहनुभएका कार्की नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको उपसभापति समेत हुनुभएको थियो । विद्यार्थी राजनीतिक यात्रामा पञ्चायती व्यवस्थाविरुद्धमा आवाज उठाउँदा उहाँले १८ महिना जेल जीवनसमेत बिताउनुभएको थियो ।