स्थायी समितिले टुंगो लगाउन सकेन एमाओवादीका मन्त्रीहरुको नाम


Prachandaसरकारमा सहभागी हुने मन्त्री छान्नका लागि आज बसेको एकीकृत नेकपा (माओवादी)को स्थायी समितिको बैठकमा सहमति जुट्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको छ । एमाओवादी प्रवक्ता दिनानाथ शर्माले स्थायी समिति सदस्यले सरकारमा सहभागिताबारे बोल्ने क्रम नसकिएकाले भोलि बस्ने गरी बैठक स्थगित भएको जानकारी दिनुभयो । अरु सबै सदस्यले आफ्नो धारणा राखिसके पनि स्थायी समिति सदस्य शक्ति बस्नेतले बोल्न बाँकी रहेकाले बिहीबार बिहान बस्ने गरी बैठक टुङ्गिएको उहाँले जानकारी दिनुभयो । बैठकमा केही सदस्यले महासचिव कृष्णबहादुर महरा र केही सदस्यहरूले सचिव टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा जानुपर्ने सुझाव दिएका थिए । बैठकमा स्थायी समिति सदस्यहरूले सरकारमा जाने मन्त्रीहरूका लागि निश्चित मापदण्ड बनाउनुपर्ने, सरकार सञ्चालनको कार्यविधि बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावली तयार पारी सिफारिस गर्ने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?