सभामुख र उपसभामुखले एकअर्कालाई राजीनामा दिए


;+;b ;lrjfnoåf/f cfof]lht sfo{qmddf Joj:yflksf–;+;bsf ;efd’v g]Dafªn] pk;efd’v cf]G;/L / pk;efd’v cf]G;/Ln] ;efd’v g]Dafª;dIf cf–cfkmgf] kbaf6 lbg’ePsf] /fhLgfdf k]; ug{‘x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

निवर्तमान सभामुख सुवास नेम्बाङले बडादसैँ, तिहार र छठ पर्वलाई ध्यानमा राखी जारी विरोध कार्यक्रममाथि पुनर्विचार गर्न आन्दोलनरत दलहरूलाई आह्वान गर्नुभएको छ । सभामुख पदबाट राजीनामा दिन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “निर्धक्क र खुसी साथ जनतालाई चाड मनाउन दिनुहोस् । म आन्दोलनरत सबै पक्षलाई विनम्रताका साथ आह्वान गर्छु ।” उहाँले आन्दोलनरत पक्ष भनेर कुनै दलको नाम भने लिनु भएन । नेपालको संविधानअनुसार उहाँले आजै उपसभामुख ओनसरी घर्तीसमक्ष आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । संविधान कार्यान्वयन भएको २० दिनभित्र सभामुख तथा उपसभामुख पदको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । संविधान बमोजिम व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सम्पूर्ण राजनीतिक दलको उपस्थिति र सहभागितामा असोज २४ गते नयाँ प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुनुले सबै दलले संविधानलाई स्वीकृति प्रदान गरेको प्रस्टिने पूर्व सभामुख नेम्वाङको भनाइ थियो ।
उहाँले संविधान जारी गर्दा दलहरूबीच देखिएको सहमति र सहकार्यलाई संविधान कार्यान्वयनका लागि पनि निरन्तरता दिइनुपर्ने बताउनुभयो । निवर्तमान सभामुख नेम्बाङले नेपालको संविधान अहिलेसम्म जारी भएका संविधानमध्ये कै उत्कृष्ट रहेको र यसले अहिलेसम्मका सबै आन्दोलनका उपलब्धिलाई संस्थागत गरेको बताउनुभयो । गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिलाई नयाँ संविधानले संस्थागत गरेको उहाँको भनाइ थियो ।
शुक्रबार निर्वाचन
व्यवस्थापिका–संसद्को सभामुख र उपसभामुखमा दलहरूबीच सहमति कायम हुन नसके यही असोज २९ गते शुक्रबार ती पदका लागि निर्वाचन हुने भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले निर्वाचनबारे बैठकलाई जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाएर प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई निर्देशन दिनुभयो । सभामुख र उपसभामुखका लागि दलहरूबीच सहमति कायम गर्न भोलि बिहीबार ३ बजेसम्मको समय प्रदान गरिएको छ । सहमति हुन नसकेको खण्डमा असोज २९ गते दिउँसो ३ बजे सभामुखको र सोही दिन अपराह्न ५ बजे उपसभामुखको निर्वाचन गराइने जानकारी राजवंशीले दिनुभयो । प्रमुख राजनीतिक दलबीच संविधान जारी गर्ने सन्दर्भमा भएको सहमतिलाई नयाँ संविधानले अनुमोदन गरेपछि सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो । नयाँ संविधान जारी भएको २० दिनभित्रै सभामुख र उपसभामुखको निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यस्तो छ कार्यतालिका
व्यवस्थापिका–संसद् सचिवालयले सभामुख र उपसभामुख पदको निर्वाचन कार्यक्रम आज सार्वजनिक गरेको छ । संसद्को अन्तरिम कार्यविधि बमोजिम सभामुख र उपसभामुख पदमा राजनीतिक सहमतिमा निर्वाचन सम्पन्न गर्न भोलि बिहीबार ३ बजेसम्मको समयावधि तोकिएको छ । राजनीतिक सहमति हुन नसके सभामुख पदको निर्वाचन असोज २९ गते शुक्रबार ३ बजे र उपसभामुख पदको निर्वाचन पनि सोही दिन ५ बजे गर्ने गरी निर्वाचनको मिति र समय निर्धारण गरिएको छ । सहमतिमा हुने निर्वाचनका लागि भोलि ११ः३० देखि २ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा प्रस्ताव दर्ता गर्ने तथा त्यसरी दर्ता भएको प्रस्ताव बमोजिमको नामावली प्रकाशित गर्ने समय २ः३० बजेसम्मका लागि तोकिएको छ । सहमतिका आधारमा सभामुख र उपसभामुख निर्वाचित भएको घोषणा गर्ने समय भोलि नै दिनको ३ बजेका लागि तय गरिएको छ । राजनीतिक दलहरूबीच ती दुवै पदमा सहमति कायम हुन नसकेमा बहुमतीय आधारमा सभामुख र उपसभामुख पदका लागि असोज २९ गते ११ः३० बजेदेखि २ बजेसम्म उम्मेदवारका प्रस्ताव दर्ता हुनेछन् । दर्ता भएका प्रस्ताव बमोजिम नामावली प्रकाशन गर्ने समय सोही दिन २ः३० बजेसम्मका लागि तोकिएको छ । सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तुत गर्ने तथा समर्थकले समर्थन गर्ने र दर्ता भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने समय असोज २९ गते ३ बजेका लागि तय गरिएको छ । उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सोही दिन अपराह्न ५ बजे निर्णयार्थ प्रस्तुत गर्ने निर्वाचन कार्यतालिका संसद् सचिवालयले आज प्रकाशित गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?