कूटनीतिक पहलबाट नाकाबन्दी खुलाउनुपर्छ–नेता भट्टराई
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेसी, थारु, मगरलगायतका जनजातिले उठाएका माग संविधान संशोधनबाट पूरा गरी भारतले लगाएको नाकाबन्दी कूटनीतिक पहलबाट खुलाएर आपूर्ति सहज बनाउनुपर्नेमा जोड दिनुभएको छ । संवाद नेपाल पोखराले योजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भारतले बेला बेलामा नेपाललाई दुःख दिने गरेकाले हामी पनि भारतसँगको परनिर्भरतालाई कम गर्दै आत्मनिर्भरतातर्पm लाग्न आर्थिक समृद्धि र विकासतिर लाग्नुपर्ने बताउनुभयो । आपूmले दुई वर्ष अघिदेखि नै नयाँ युग सुरु भएपछि नयाँ शक्तिको खाँचो पर्ने महसुस गर्दै आएको विचार व्यक्त गर्दै उहाँले पुरानै ढर्राको एकीकृत नेकपा (माओवादी)ले नयाँ संविधानपछिको नयाँ नेपाल बनाउन नसक्ने सोचाई राखेर नै नयां शक्ति निर्माण सुरु गर्न पार्टी परित्याग गरेको स्पष्ट पार्नु भयो । संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक र युगान्तकारी काम हो भन्दै उहाँले तर सबैको आकांक्षा सम्बोधन गर्न नसकिएर संविधान अपूर्ण भएकाले संशोधनबाट असन्तुष्ट दलका मागलाई पुरा गर्नेतर्पm लाग्नुपर्ने धारणा राख्नु भयो ।