टर्कीको सेनाले ड्रोन विमानलाई खसाल्यो


droneटर्कीको युद्धक विमानले टर्कीको आकाशमा उडिराखेको एक मानवरहित विमानलाई शुक्रबार खसालेको यहाँको सेनाले एक विज्ञप्तिमार्फत् जनाएको छ । दुर्घटना गराइएको मानवरहित विमान कुन देशको हो र यसले कहाँ जानका लागि लक्ष्य लिएको थियो भन्नेबारेमा शुक्रबार अबेरसम्म थाहा भइनसकेको सेनाले जनाएको छ । तीन पटकसम्म टर्कीको आकाश छोड्न चेतावनी दिँदा पनि टर्कीको सीमा इलाकामा उडिराखेपछि अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी कानुन अनुसार चालकरहित विमानलाई खसालिएको टर्कीले जनाएको छ । यसअघि सन् २०१३ मा पनि टर्कीको सेनाले सिरियाली हेलिकप्टरले सीमा क्षेत्रकाटी टर्कीको आकाशमा उडेपछि कारबाही स्वरूप खसालेको थियो । सन् २०१२ मा पनि टर्कीले सिरियाको एक विमानलाई आफ्नो आकाशमा उडेको आरोपमा कारबाही गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?